२०७५ सालको शेयर बजारमा निराशामात्रै, लगानीकर्ताको सवा ३८ अर्ब गुम्यो - Aarthiknews
aarthiknews.com आइतबार, १२ माघ २०७६   Sunday, 26 January, 2020
 
Bajaj_Bike

२०७५ सालको शेयर बजारमा निराशामात्रै, लगानीकर्ताको सवा ३८ अर्ब गुम्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ चैत्र २०७५
Sunrise bank
२०७५ सालको शेयर बजारमा निराशामात्रै, लगानीकर्ताको सवा ३८ अर्ब गुम्यो
LBEF

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा वर्ष २०७५ अन्तिम कारोबार चैत २८ गते बिहीबार भएको छ , यस दिन नेप्से परिसूचक १ हजार १ सय ८४ दशमलव ०२ को बिन्दुमा रह्यो । यस वर्ष समग्र नेप्सेपरिसूचक ७ दशमलव ५० प्रतिशतले घटेको छ । गत वैशाख २ गते नेप्से १ हजार २ सय ८० दशमलव १५ को बिन्दूमा रहेको थियो ।

यस वर्ष नेप्सेको सबैभन्दा उच्च विन्दू बैशाख ९ गते पुगेको थियो । यस दिन नेप्से १ हजार ४ सय ३८ दशमलव ४९ को बिन्दूमा पुग्न सफल भएको थियो भने न्युनतम बिन्दु फागुन १९ गते १ हजार १ सय दशमलव ५८ को बिन्दूमा झरेको थियो । यस वर्ष भरी नै नेप्सेमा निक्कै उतारचडाब देखियो ।

समूहगत रुपमा यस वर्ष बैंकिङ समूह ७.०३ प्रतिशतले घटेर १०५२.१२ को बिन्दुमा रहेको छ । गत वैशाख २ गते यो समूह ११३१ दशमलव ७९ को बिन्दुमा रहेको थियो ।

त्यस्तै फाइनान्स समूहमा ४.३२ प्रतिशतले घटेर ६१८.१२ को बिन्दुमा रहेको छ । वर्षको शुरुवातमा ६४६.०६ को बिन्दुमा रहेको थियो । होटल समूहमा ८. १२ प्रतिशतले घटेर १७२९.५२ को बिन्दुमा, जलविद्युत् समूहमा २४.२६ प्रतिशतले घटेर ११ ३८.७४ को बिन्दुमा, विकास बैंक समूहमा ०.९२ प्रतिशतले घटेर १४७९.७० को बिन्दुमा, उत्पादक तथा प्रशोधन समूहमा १२.३३ प्रतिशतले घटेर १९८१.७५ को बिन्दुमा रहेको छ ।

त्यस्तै अन्य समूह १.८४ प्रतिशतले घटेर ७०५.७० को बिन्दूमा रहेको छ भने ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ७.०८ प्रतिशतले घटेर २५३ दशमलव ६४ को बिन्दुमा रहेको छ । यस एक वर्षको अवधिमा शेयर बजारका लगानीकर्ताहरुले कुल ३८ अर्ब ३३ करोड ७९ लाख रुपैयाँ अर्थात २ दशमलव ५५ प्रतिशतले सम्पत्ति गुमाएका छन् । करिब एक वर्षदेखि शेयर बजार बढ्न नसक्दा शेयरमा लगानी गर्ने लगानीकर्ताको सम्पत्ति भने दैनिक रुपमा घटिरहेको छ ।

गत वैशाख २ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा समग्र पुँजीकरण १५ खर्ब ८४ करोड ५७ लाख रुपैयाँ पुगेको थियो । यस वर्षको अन्तिम कारोबार दिनसम्ममा पुँजीकरण १४ खर्ब ६२ अर्ब ५० करोड ७७ लाख रुपैयाँमा खुम्चिएको छ ।

वर्षको पहिलो कारोबार २ गते ६ लाख ५५ हजार ३ सय १४ कित्ताको शेयर खरिद बिक्री भई ३० करोड ३१ लाख २५ हजार २ सय ७७ रुपैयाँ कारोबार भएको थियो वर्षको अन्तिम कारोबारमा १७० वटा कम्पनीको १२ लाख ५१ हजार कित्ता खरिदबिक्री भई कारोबार रकम ३९ करोड ६४ लाख २१ हजार ५ सय १ रुपैयाँ रहेको छ ।

नयाँ वर्ष लागेसँगै नेप्सेमा पनि केही उत्साह आउने लगानीकर्ताहरुमा आशा पलाएको छ । यस २०७५ मा पुँजीबजारमा लाइन कारोबारको प्रारम्भ, वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिने नीति, ब्रोकरले मार्जिन कर्जा दिन पाउने व्यवस्था, वित्तीय संस्थाले समेत शेयर धितोमा कर्जा दिन पाउने व्यवस्था, मार्जिन कलको सीमा घटाइयो, सी आस्वा लागु, वैदेशिक लगानीकर्ता भित्रयाउने पहल र आईपीओ निष्काशन १० कित्ता नियम जस्ता सुधारका कार्यहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस