जनप्रभात उच्च माविमा वाणिज्य बैंकको सूचना प्रविधि कक्षा स्थापना - Aarthiknews
aarthiknews.com शनिबार, २९ चैत्र २०७६   Saturday, 11 April, 2020
 
Tansen_cement
Janahit Suchana

जनप्रभात उच्च माविमा वाणिज्य बैंकको सूचना प्रविधि कक्षा स्थापना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० माघ २०७६
Sunrise
जनप्रभात उच्च माविमा वाणिज्य बैंकको सूचना प्रविधि कक्षा स्थापना
LBEF

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ३ नम्बर प्रादेशिक कार्यालय काठमाडौं र शाखा कार्यालय टेकुको संयुक्त पहलमा  कालिमाटीस्थित जनप्रभात उच्च माविमा सूचना तथा सञ्चार प्रविधि कक्षा स्थापना गरिएको छ। त्यसका लागि आवश्यक सूचना–प्रविधि सम्बन्धी सामग्रीको हस्तान्तरण गरिएको बैंकले जनाएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशरण डंगोललाई सरस्वती पूजाका अवसरमा सहयोग हस्तान्तरण गरेका थिए। कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सरकारी विद्यालयका विद्यार्थीको क्षमता वृद्धिका लागि सूचना तथा सञ्चार प्रविधि कक्षाले सहयोग पु¥याउने विचार राखे।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशरण डंगोलले अडियो भिडियो प्रणालीमार्फत विद्यार्थीलाई रमाइलो तरिकाले शिक्षा दिने बताए।

बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, तीन नम्बर प्रादेशिक कार्यालयकी प्रबन्धक सोनी श्रेष्ठ, शाखा कार्यालय टेकुका प्रबन्धक युवराज घिमिरे, प्रबन्धक रवीन्द्र पोखरेल, उपप्रबन्धक गणेश प्रधान, विद्यालयका प्रधानाध्यापक सत्येन्द्रलाल कर्ण, शिक्षिका विजयाश्री बज्राचार्य लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस