aarthiknews.com विहीबार, १५ जेठ २०७७   Thursday, 28 May, 2020
 
Tansen_cement
ctz
hulas Remite

आरएसडिसी लघुवित्तको नाफामा ६१ प्रतिशत वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ माघ २०७६
Sunrise
आरएसडिसी लघुवित्तको नाफामा ६१ प्रतिशत वृद्धि
LBEF

काठमाडौं । चालू आवको दोस्रो त्रैमासमा आरएसडिसी लघुवित्तको नाफामा ६१ प्रतिशत वृद्धि भएको छ । कम्पनीले सो अवधिमा रू. ४ करोड ६० लाख नाफा कमाएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. २ करोड ८४ लाख नाफा कमाएको थियो । 

चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीको चुक्तापूँजी रू. ६७ करोड १५ लाख छ । रिजर्भ कोषमा रू. ११ करोड ३७ लाख छुट्याएको हो । कम्पनीले यस वर्ष शेयरधनीलाई ६ प्रतिशत बोनस शेयर १० प्रतिशत र नगद लाभांश वितरण गरेको छ ।
 
दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ३ अर्ब ४ करोढ सापटी लिएको छ भने रू. ३ अर्ब २१ करोड कर्जा प्रवाह गरेको हो । प्रतिशेयर आम्दानी रू. १३ दशमलव ७३, मूल्य आम्दानी अनुपात २९ दशमलव ८७, तरलता अनुपात २० दशमलव ६४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. ११६ दशमलव ९४ छ । 
 

प्रतिक्रिया दिनुहोस