६ अर्ब ६३ करोडको आईपीओ स्वीकृतीकाे पर्खाइमा, लाै हेर्नुहाेस कुन कुन कम्पनीकाे आउँदैछ आईपीओ ? - Aarthiknews
aarthiknews.com सोमबार, १७ चैत्र २०७६   Monday, 30 March, 2020
 
Tansen_cement
Janahit Suchana

६ अर्ब ६३ करोडको आईपीओ स्वीकृतीकाे पर्खाइमा, लाै हेर्नुहाेस कुन कुन कम्पनीकाे आउँदैछ आईपीओ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ माघ २०७६
Sunrise
६ अर्ब ६३ करोडको आईपीओ स्वीकृतीकाे पर्खाइमा, लाै हेर्नुहाेस कुन कुन कम्पनीकाे आउँदैछ आईपीओ ?
LBEF

काठमाडाैं । आईपीओ निष्कासनका लागि हाल १७ कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । बोर्डको वेवसाइडलाई आधार मान्दा ११ जलविद्युत कम्पनीसहित १७ कम्पनीले आईपीओका लागि निवेदन दिएको देखिन्छ । यी कम्पनीहरुले ६ अर्ब ६३ करोड २० लाख ५९ हजार ६०० रूपैयाँ बराबरको आईपीओ जारी गर्न बोर्डमा निवेदन दिएका हुन ।

निवेदन दिएकामध्य मैलुङखोला जलविद्युत कम्पनी र सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी दुई वर्षदेखि स्वीकृतिको पर्खाइमा रहेका छन् । यी दुबै कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गर्न २०७४ मै आवेदन दिएका थिए । सीईडीबीले असार २७ गते र मैलुङ्खोलाले असोज २० गते निवेदन दिएको थियो ।

बोर्डले गत जेठ ७ गते मैलुङखोलालाई  विद्युत नियमन आयोगको पूर्व स्वीकृति लिन भनेको छ । सीईडीबीको स्वीकृति प्रकृया अन्तिम चरणमा रहेको छ । विद्युत नियमन आयोग गठनपूर्व बोर्डले प्रकृया पुरा गरि स्वीकृति प्रदान गर्ने गरे पनि हालको व्यवस्थामा जलविद्युत कम्पनीहरुले विद्युत नियमन आयोगको पूर्व स्वीकृति पश्चात मात्र बोर्डमा निवेदन दिन सक्नेछन् । 

आईपीओका लागि मर्चेण्ट बैंकसँगै पुनर्बीमा कम्पनीको पनि निवेदन छ । पुनर्बीमा कम्पनीले जारी पूँजी कम गर्न उच्च अदालत पाटनबाट स्वीकृति पाईसकेकाले अव आईपीओका लागि पनि बाटो खुलेको छ । कम्पनीले १ अर्ब ६० करोड रूपैयाँ बराबरको आईपीओ जारी गर्नेछ ।

त्यस्तै सिबिआईएल क्यापिटल पनि आईपीओ जारी गर्ने तयारीमा छ । क्यापिटलले ३ करोड रूपैयाँ बराबरको आईपीओ विक्री गर्न लागेको हो ।
पछिल्लो समय कात्तिक १५ गते विक्री बन्द भएको शिवश्री हाइड्रोपावरको आईपीओ पश्चात प्राथमिक बजार आईपीओ विहिन अवस्थामा रहेको छ ।

यद्यपी यो बजारमा बैंकहरुको ऋणपत्र भने निष्कासन भईरहेको छ । आईपीओका लागि आवेदन दिने धेरैजसो जलविद्युत कम्पनीहरु भएकाले पनि स्वीकृतिमा ढिलाई भएको बोर्डको भनाई छ । पछिल्लो समय जलविद्युत कम्पनीहरुको शेयरमूल्य दोस्रो बजारमा अंकित मूल्यभन्दा कम हुनु शिवश्री हाइड्रोको शेयर प्रत्याभूतकर्ताहरुमा देखिएको समस्याले गर्दा स्वीकृतिमा ध्यान दिनुपर्ने अवस्था आएको बोर्डले प्रष्ट पारेको हो ।

शिवश्री हाइड्रोको शेयर प्रत्याभूतकर्ताहरुले सबै शेयर सकार्न नसक्ने भनेपछि हालसम्म पनि कम्पनीको शेयर सूचीकृत हुन सकेको छैन् । कम्पनीको सर्वसाधारणले नकिनेको शेयर सकार्ने सहमति मुक्तिनाथ क्यापिटल र सिबिआईएल क्यापिटलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस