aarthiknews.com विहीबार, १५ जेठ २०७७   Thursday, 28 May, 2020
 
Tansen_cement
ctz
hulas Remite

वोमी लघुवित्तको नाफा ४ करोडभन्दा बढी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ माघ २०७६
Sunrise
वोमी लघुवित्तको नाफा ४ करोडभन्दा बढी
LBEF

 काठमाडौं । वोमी लघुवित्तले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा रू. ४ करोड १६ लाख १५ हजार खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यसै अवधिमा रू. २ करोड ६२ लाख ५३ हजार रहेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको नाफा ५८ दशमलव ५२ प्रतिशत बढेको हो । 

कम्पनीको चुक्तापूँजी रू. ३० करोड ३० लाख ९१ हजार छ । जगेडा कोष रकम गत वर्षभन्दा १११ प्रतिशत बढी रू. १५ करोड ९३ लाख ११ हजार कायम छ । कम्पनीले गत वर्षभन्दा यस वर्ष ५३ दशमलव ७८ प्रतिशत बढी रू. ७८ करोड १६ लाख ८२ हजार निक्षेप संकलन गरेको छ भने गत वर्षभन्दा ४८ दशमलव २२ प्रतिशत बढी रू. २ अर्ब ३७ करोड ६५ लाख १६ हजार कर्जा प्रवाह गरेको छ । 

निष्क्रिय कर्जा १ दशमलव शून्य ३ रहेको यस कम्पनीको प्रतिशेयर आम्दानी रू. २७ दशमलव ४६ छ । हाल देशका ३८ जिल्लामा ६१ वटा शाखा कार्यालय मार्फत ४२ हजार ४०८ विपन्न परिवारमा सेवा प्रदान गरिरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस