काठमाडौं । सामसङ नेपालले विश्वकप सिजनलाई लक्षित गर्दै आफ्ना टेलिभिजन खरिदकर्ताका लागि आकर्षक अफर सार्वजनिक गरेको छ। कम्पनीले घरमै स्टेडियमजस्तै मनोरञ्जनको अनुभव दिलाउने उद्देश्यसहित क्यासब्याक, नि:शुल्क NETTV प्याकेज, World Cup Live Subscription तथा विशेष मूल्यमा Soundbar उपलब्ध गराउने घोषणा गरेको हो। यो अफर २०२६ जुलाई १९ सम्म लागू रहने कम्पनीले जनाएको छ।
अफरअन्तर्गत सामसङका चयनित QLED, UHD, FHD तथा HD टिभी मोडेलमा २५ प्रतिशतसम्म क्यासब्याक प्रदान गरिनेछ। कम्पनीका अनुसार विश्वकपका रोमाञ्चक खेलहरू अझ ठूलो र स्पष्ट स्क्रिनमा हेर्न चाहने ग्राहकका लागि यो उपयुक्त अवसर हुनेछ।
सामसङले ७५ इन्च र ८५ इन्चका टिभी मोडेल खरिद गर्ने ग्राहकलाई विशेष सुविधा पनि उपलब्ध गराएको छ। यी मोडेल खरिद गर्ने ग्राहकले ४९ हजार ९९० रुपैयाँ मूल्यको Soundbar केवल ९ हजार ९९९ रुपैयाँमा प्राप्त गर्न सक्नेछन्। यसले उत्कृष्ट दृश्यसँगै शक्तिशाली ध्वनि अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।
विश्वकप सिजनमा खेलकुदसँगै मनोरञ्जनलाई थप सहज बनाउन कम्पनीले नि:शुल्क World Cup Live Subscription पनि उपलब्ध गराएको छ। QLED र UHD टिभी खरिद गर्ने ग्राहकले १२ महिनासम्मको नि:शुल्क NETTV प्याकेज प्राप्त गर्नेछन् भने FHD र HD मोडेल खरिदकर्ताले ६ महिनासम्मको नि:शुल्क NETTV प्याकेजको सुविधा पाउनेछन्।
अफरअनुसार QLED सेग्मेन्टका ५५ इन्चदेखि ८५ इन्चसम्मका टिभीमा २५ प्रतिशतसम्म क्यासब्याक उपलब्ध हुनेछ। UHD सेग्मेन्टका ४३ इन्चदेखि ६५ इन्चसम्मका टिभीमा १० प्रतिशतसम्म क्यासब्याक, FHD ४३ इन्च मोडेलमा ७ प्रतिशत तथा HD ३२ इन्च मोडेलमा २१ प्रतिशतसम्म क्यासब्याक प्रदान गरिने कम्पनीले जनाएको छ।
ग्राहकको सुविधालाई ध्यानमा राख्दै सामसङले Hulas Finserve Hire Purchase Limited मार्फत १२ वा २४ महिनासम्मको EMI सुविधासमेत उपलब्ध गराएको छ। यसमार्फत ग्राहकले सहज किस्ताबन्दी योजनामा नयाँ टिभी खरिद गर्न सक्नेछन्।
त्यसैगरी, पुराना टेलिभिजन वा अन्य उपकरण साटेर नयाँ सामसङ टिभी खरिद गर्न चाहने ग्राहकका लागि ArkoStore तथा देशभर रहेका आधिकारिक सामसङ स्टोरमार्फत एक्सचेन्ज सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ।
सामसङ नेपालका अनुसार यो अफरले विश्वकप सिजनमा ग्राहकलाई अत्याधुनिक प्रविधियुक्त टेलिभिजनमा सहज पहुँच प्रदान गर्नुका साथै खेल तथा मनोरञ्जनको अनुभवलाई थप उत्कृष्ट बनाउने विश्वास गरिएको छ। अफरसम्बन्धी थप जानकारीका लागि ग्राहकले नजिकको आधिकारिक सामसङ स्टोरमा सम्पर्क गर्न सक्नेछन्।
आर्थिकन्यूज
प्रतिक्रिया