काठमाडौं ।नवनियुक्त गृहमन्त्री सुदन गुरुङले पदभार ग्रहण गरेलगत्तै २०५८ साल जेठ १९ गते भएको दरबार हत्याकाण्डको पुनः छानबिन प्रक्रिया अघि बढाउने निर्णय गरेका छन्।
गृहमन्त्री गुरुङले दरबार हत्याकाण्ड नेपालको इतिहासकै सबैभन्दा रहस्यमय र संवेदनशील घटनामध्ये एक भएकाले सत्यतथ्य सार्वजनिक गर्न आवश्यक रहेको बताएका छन्। उनले घटनासम्बन्धी उठ्दै आएका प्रश्नहरूको निष्पक्ष र तथ्यपरक ढंगले अध्ययन तथा अनुसन्धान गरिने बताएका छन्।
गृह मन्त्रालय स्रोतका अनुसार घटनासम्बन्धी उपलब्ध अभिलेख, प्रतिवेदन तथा प्रमाणहरूको पुनरावलोकन गरी आवश्यक परे विशेष अनुसन्धान समिति गठन गर्ने तयारी भइरहेको छ।
दरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्यासहित राजपरिवारका अधिकांश सदस्यको ज्यान गएको थियो। घटना भएको दुई दशकभन्दा बढी समय बितिसक्दा पनि यसबारे विभिन्न कोणबाट प्रश्न उठ्दै आएका छन्। गृहमन्त्री गुरुङको यो निर्णयसँगै दरबार हत्याकाण्डको विषय पुनः राष्ट्रिय बहसको केन्द्रमा आउने देखिएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया