शीर्षकहरू

आज बस्दै मन्त्रिपरिषद् बैठक, नियमित एजेण्डामाथि छलफल हुने

आज बस्दै मन्त्रिपरिषद् बैठक, नियमित एजेण्डामाथि छलफल हुने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बिहान ११ बजे बस्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आह्वानमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बोलाइएको हो।

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयका अनुसार बैठकमा विभिन्न मन्त्रालयका नियमित एजेण्डामाथि छलफल तथा आवश्यक निर्णय गरिनेछ।

बैठकमा समसामयिक सरकारी कामकारबाही, नीतिगत विषय तथा मन्त्रालयगत प्रस्तावहरूमाथि समेत विचार(विमर्श हुने बताइएको छ।

प्रतिक्रिया