सापकोटालाई सभामुख बन्ने बाटो खुल्यो, उनीविरुद्धको रिट न्यायाधीश फुयाँलले हेर्न नमिल्ने - Aarthiknews
aarthiknews.com मंगलबार, ०६ फागुन २०७६   Tuesday, 18 February, 2020
 

सापकोटालाई सभामुख बन्ने बाटो खुल्यो, उनीविरुद्धको रिट न्यायाधीश फुयाँलले हेर्न नमिल्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ माघ २०७६
Sunrise
सापकोटालाई सभामुख बन्ने बाटो खुल्यो, उनीविरुद्धको रिट न्यायाधीश फुयाँलले हेर्न नमिल्ने
LBEF

काठमाडौं । सभामुखका एकल उम्मेदवार बनेका अग्निप्रसाद सापकोटालाई अब सो पदमा निर्वाचित हुने बाटो खुलेको छ । दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा सापकोटा सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा हुनेछ ।

प्रतिनिधिसभाको सभामुखको उम्मेदवार बनेर निर्विरोध बनेका सापकोटाविरुद्ध सर्वोच्चमा परेको रिट हेर्न नमिल्ने सूचीमा परेपछि सभामुख हुने बाटो खुलेको हो । नेकपाका तर्फबाट प्रतिनिधि सभाको सभामुखको उम्मेदवार बनेका सापकोटाविरुद्ध सर्वोच्चमा परेको रिट हेर्न नमिल्ने सूचीमा परेको छ ।

फुयाँल कानुन व्यवसायी हुँदा सापकोटाविरुद्धकै अर्को मुद्दामा बहस गरेका थिए । सोही कारण उनले सापकोटाविरुद्धको रिट हेर्न नमिल्ने सूचीमा परेको हो । अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाई सभामुख घोषणा नगर्न माग गर्दै शुक्रबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

फुँयालको इजलासमा आज सुनुवाइ नहुने निश्चित भएको छ । यता , सभामुखमा सापकोटा आजै निर्वाचित हुनेछन् । 

प्रतिक्रिया दिनुहोस