सुनको मूल्य उकालो लाग्ने क्रम जारी, आज पनि तोलामा ३ सय बढ्यो - Aarthiknews
aarthiknews.com मंगलबार, ०६ फागुन २०७६   Tuesday, 18 February, 2020
 

सुनको मूल्य उकालो लाग्ने क्रम जारी, आज पनि तोलामा ३ सय बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ माघ २०७६
Sunrise
सुनको मूल्य उकालो लाग्ने क्रम जारी, आज पनि तोलामा ३ सय बढ्यो
LBEF

काठमाडौं । साताको सुरुमै सुन तोलामा ३ सय रुपैयाँले बढेको छ। शुक्रबार प्रतितोला ७५ हजार २ सयमा कारोबार भएको सुन आज ७५ हजार ५ सय रुपैयाँ पुगेको छ।

निरन्तर उकालो लाग्दै गएको सुनको भाउ केही ओरालो लागेर पुन उकालो लाग्न सुरु गरेको छ। प्रतितोला ७६ हजार ५ सय रुपैयाँसम्म पुगेको सुनको मूल्य घटेर शुक्रबार ७५ हजार २ सयमा आइपुगेको थियो। आज पुनः बढेर ७५ हजार ५ सय पुगेको छ।

अमेरिका र इरानको तनावले बढेको सुनको भाउ तनाव मत्थर भएसँगै ओरालो लागेको थियो। तर, अहिले पुन उकालो लाग्न पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघको भनाई छ।

प्रतिक्रिया दिनुहोस