स्पर्स लघुवित्तको अर्धवार्षिक समिक्षा गोष्ठी - Aarthiknews
aarthiknews.com मंगलबार, ०६ फागुन २०७६   Tuesday, 18 February, 2020
 

स्पर्स लघुवित्तको अर्धवार्षिक समिक्षा गोष्ठी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ११ माघ २०७६
Sunrise
स्पर्स लघुवित्तको अर्धवार्षिक समिक्षा गोष्ठी
LBEF

पोखरा । स्पर्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/२०७७ को अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ । पोखराको लेकसाइड स्थित पोखरा भिलेज रिर्सोटमा माघ १० गते सम्पन्न भएको उक्त कार्यक्रमलाई वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले उद्धघाटन गरेका थिए ।

कार्यक्रममा शाखा प्रवन्धकहरुले यस आ.व को दोस्रो त्रैमाससम्म कार्य विस्तारका क्रममा भोगेका समस्या, चुनौति, भावि रणनीतिहरु तथा शाखाको योजना प्रस्तुत गर्दै शाखाको लक्ष्य अनुसारको प्रगति हासिल गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रमको समापन क्रममा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले वित्तीय संस्थाले  भोगेको समस्या तथा लघुवित्तका अवसरहरुको बारेमा जानकारी गराएका थिए । त्यस्तै, उनले आँउदो त्रैमासको लक्ष्य प्राप्तिका रणनीति सँगै सफलताको शुभकामना दिएका थिए । लेखापरीक्षण विभाग प्रमुख खेमराज लम्सालले सञ्चालन गरेको उक्त कार्यक्रममा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा विभागीय प्रमुखहरु सहित २६ जना कर्मचारीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस