टर्कीमा  शक्तिशाली भूकम्प - Aarthiknews
aarthiknews.com मंगलबार, १८ चैत्र २०७६   Tuesday, 31 March, 2020
 
Tansen_cement
Janahit Suchana

टर्कीमा  शक्तिशाली भूकम्प

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ११ माघ २०७६
Sunrise
टर्कीमा  शक्तिशाली भूकम्प
LBEF

टर्की । टर्कीमा कम्तीमा १८ जनाको मृत्यु  हुनेगरि शक्तिशाली भूकम्प गएको छ । ६.८ म्याग्निच्युडको भूकम्प एलाजिग प्रान्तको सिभ्रिस सहर केन्द्रविन्दु भएर गएको बीबीसीले जनाएको छ । भूकम्प शनिबार बिहान स्थानीय समयअनुसार ८ बजेर ५५ मिनेट जाँदा महसुस भएको हो ।

भूकम्पको धक्का छिमेकी सिरिया, लेबनान र इरानसम्म महसुस भएको बताइएको छ । भूकम्पबाट टर्कीस्थित भवनहरूमा उत्तिकै क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

टर्कीको विपद व्यवस्थापनसम्बन्धी निकायका अनुसार, भूकम्पको ठूलो धक्कापछि ६० भन्दा बढी परकम्पहरू गएका छन् । टर्कीका सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले भूकम्पपीडितहरूको राहत र उद्धारका लागि पनि ४०० टोली परिचालन गरिएको जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस