aarthiknews.com मंगलबार, २३ असार २०७७   Tuesday, 07 July, 2020
 
Citizen life

राष्ट्रिय वाणिज्य बैङ्कको आइपीओ जारी  हुने सङ्केत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० माघ २०७६
Sunrise
HIb
राष्ट्रिय वाणिज्य बैङ्कको आइपीओ जारी  हुने सङ्केत
LBEF

काठमाडौँ । अर्थ मन्त्री डा युवराज खतिवडाले राष्ट्रिय वाणिज्य बैङ्कको साधारण शेयर (आइपीओ) निष्कासन हुने सङ्केत गरेका छन् । शुक्रवार बैङ्कको ५५ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै खतिवडाले यस्तो खुलासा गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारको  ९९ प्रतिशत भन्दा बढी स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैङ्कको साधारण शेयर निष्कासन हुने बारे छलफल सुरु भएका जानकारी दिए । उनले भने ‘कम्पनी कानुन अनुसार नै यो बैङ्क पनि चल्नुपर्ने हुन्छ । त्यसैले यो बैङ्कको शेयर संरचना कस्तो हुन्छ भन्ने सम्बन्धमा सरकारले छलफल सुरु गरेको छ ।’

अर्थ मन्त्रिले ‘आइपीओमा जाने/नजाने, जानुपर्छ/पर्दैन’  भन्ने विषयमा बहस सुरु भएको बताउँदै ‘पुँजीको हिसाबले २५ अर्व पुँजी भएको बैङ्कको आइपीओ जारी गर्नु नपर्ने’ तर मुलुकको कानुन सबैलाई लागू हुने भएकाले यस सम्बन्धमा गम्भीरता पूर्वक गृहकार्य सुरु भएको  बताए । 

उनले थपे ‘कि यसलाई कानुन नलाग्ने वातावरण सिर्जना गर्नु पर्‍यो वा यसको विषयमा निर्णय गर्नु पर्‍यो ।’ यो काम सरकारको रहेको बताउँदै उनले यस सम्बन्धमा चाँडै निर्णयमा पुग्ने बताए । राष्ट्रिय वाणिज्य बैङ्कको आइपिओ निष्कासन सम्बन्धीको विवरण लामो समय देखी अर्थ मन्त्रालयको दराजमा थन्किएको छ ।

खतिवडाले बैङ्क खाता सञ्चालनका विषयमा अझै धेरै सुधार गर्नुपर्ने कुरामा जोड दिएका छन् । सामान्य गतिको विकासले अब काम नहुने भन्दै उनले गुणात्मक विस्तार हुनुपर्ने बताए । बैंकहरुले ब्याजदरका सम्बन्धमा राष्ट्र बैङ्कले तोकेको फरकलाई पालना गर्नुपर्ने भन्दै उनले अब बैंकर र व्यवसायी दुवै कसरी सुरक्षित रहने भन्ने कुरामा ध्यान दिनुपर्ने जिकिर गरे । 

गर्दै अर्थ मन्त्री डा. युवराज खतिवडाले वाणिज्य बैङ्कका कर्मचारीहरूले बन्द हडताल छाडेकोमा धन्यवाद दिएका छन् । मुलुकमा बन्द हडतालको प्रवृत्ति अन्त्य भएको मा खुसी व्यक्त गर्दै उनले भने ‘बन्द रोकिएकोमा म खुसी छु ।

प्रतिक्रिया दिनुहोस