aarthiknews.com बुधबार, ०८ बैशाख २०७८   Wednesday, 21 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

भन्सार क्यासलेस बनेसगै सबै कार्यालय अब केन्द्रको कन्ट्रोलमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० माघ २०७६
Reliance life insurance
Jagadamba
LBEF

काठमाडौं । भन्सार कार्यालय क्यास लेस भइसकेको र अब पेपर लेस बनाउने तयारीमा रहेको छ । शुक्रबार ६८ औं अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागका महानिर्देशक सुमन दाहलले भन्सार क्यासलेस भइसकेको र अब पेपरलेस बनाउने योजनामा लागेको बताएका हुन । 

उनले भने, ‘भन्सारको कामलाई हामीले अब पारदर्शीता तर्फ केन्द्रीत गरेका छौं भन्सारलाई अन्तराष्ट्रिय मापदण्डको बनाउँदै आम सेवाग्राहीले भन्सारमा तिर्न पर्ने शुल्क अब घरबाटै तिर्न मिल्ने भएको छ र अब पेपरलेस बनाउदैछौं ।’

देशभरका भन्सार कार्यालयहरुमा अर्थमन्त्रालयले प्रत्येक्ष निगरानी गर्न भन्सार कार्यालय त्रिपुरेश्वरमा कन्ट्रोल रुम बनाएको छ । मन्त्रालय र भन्सार विभागमा रहेको कन्ट्रोल रुममा सबै भन्सार कार्यालयहरु आवद्ध भएपछि मन्त्रालयबाटै निगरानी गर्न सकिने भएको हो ।

 विभागले सूचना प्रविधिको प्रयोग गरी सबै भन्सार कार्यालयहरुलाई नेटवर्कमा आवद्ध गरेको महानिर्देशक दहालले जानकारी दिए । विभागले कुनै बस्तुको भन्सार शुल्कमा शंका लागेका विभागबाटै पुन समानको जाँच गर्न सक्ने छ । सबै भन्सार कार्यालयहरुमा सीसीटीबीबाट निगरानी गरेपछि भन्सारमा हुने अनियमितता पनि नियान्त्रण हुने विभागका महानिर्देशक दाहालले बताए ।

भन्सार विभागका महानिर्देशक सुमन दाहालले भने ‘अहिले एउटै कन्साइन्मेन्टबाट जति पनि सामान ल्याउन पाउने व्यवस्था छ । यसलाई व्यवस्थित बनाउन नयाँ प्रणालीमा जान खोजिएको हो, ‘यसले जाँचपास प्रक्रियालाई पनि सरल बनाउँछ।’

उनले भने ‘सिंगल कन्साइन्मेन्ट प्रणालीमा जानका लागि भन्सार विभाग, अर्थ मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वस्तु वर्गीकरणको काम अघि बढाएका छन्। ‘यो प्रणालीको कार्यान्वयनपछि एउटा कन्साइन्टमा एउटा वर्गीकरणमा परेका वस्तुमात्रै आयात गर्न सकिन्छ,’ 

 उक्त अवसरमा भन्सार सम्बन्धी आफ्नो कार्य सम्पादनलाई अझ प्रभावकारी, दक्षतापूर्ण र उत्कृष्ट बनाउनका लागि विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । 
शुक्रबार पत्रकार सम्मेलन गर्दै भन्सार विभागले देशमा भित्रने कूल वस्तुमध्ये ९.४४ प्रतिशतमात्रै सन्दर्भ मूल्यका आधारमा जाँचपास हुने गरेको जनाएको छ । भन्सार विभागमा हाल ९९.८ प्रतिशत अन्तराष्ट्रिय व्यापार अनकाई आशिकुडा वल्र्ड मार्फत भएको जनाएको छ ।

 भन्सार विन्दुमा करिब ४२ प्रतिशत हरियो र पहेलो मार्गबाट र बाँकी ५८ प्रतिशत रातो मार्गबाट जाँजपास भएको छ । रातो मार्ग भौतिक परिक्षण हुने जाँच प्रणाली हो यस्तो जाचँलाई २० प्रतिशतमा समिति गरी व्यापार सहजिरकण गर्ने विभागको योजना रहेको छ । 

विभागका उपमहानिर्देशक श्यामप्रसाद भण्डारीले ९०.५६ प्रतिशत वस्तु कारोबार मूल्यका आधारमा जाँचपास भइरहेको बताए । भण्डारीले भने ‘सन्दर्भ मूल्यमा भएको कूल भन्सार मूल्यांकनमध्ये ०.३ प्रतिशतमात्रै पुनरावलोकनका लागि आएको छ । सरकारले भन्सारमा सिंगल कन्साइन्मेन्ट प्रणाली लागू गर्ने तयारी गरेको छ’ ।

 सरकारले भन्सारमा सिंगल कन्साइन्मेन्ट प्रणाली लागू गर्ने तयारी गरेको छ । आयातलाई व्यवस्थित बनाउन सिंगल कन्साइन्मेन्ट प्रणाली कार्यान्वयनको तयारी गरिएको भन्सार विभागले जनाएको छ । 
 राजस्व संकलन

नेपालमा भन्सार प्रशासनको व्यापार सहजिकरण पछिको दोस्रो महत्वपूर्ण कार्य राजस्व संकलन हो । यसका लागि विभागले कुल राजस्व करिब ५० प्रतिशत राजस्व संकलन गर्दै आएको विभागले जनाएको छ । अन्तराष्ट्रिय रूपमा हेर्दा युरोपमा २४ प्रतिशत, अफ्रिकामा करिब ३५ प्रतिशत, दक्षिण र उत्तर अमेरिकामा २७ प्रतिशत र एशिया प्रशान्त क्षेत्रमा करिब ३० प्रतिशत राजस्व भन्सार विन्दुमा संकलन हुने विभागले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस