कपाल बेचेर सन्तानलाई एकछाक खुवाउन बाध्य महिलाको कथा - Aarthiknews
aarthiknews.com बुधबार, १४ फागुन २०७६   Wednesday, 26 February, 2020
 

कपाल बेचेर सन्तानलाई एकछाक खुवाउन बाध्य महिलाको कथा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० माघ २०७६
Sunrise
कपाल बेचेर सन्तानलाई एकछाक खुवाउन बाध्य महिलाको कथा
LBEF

भारत। विश्वको सर्वाधिक ठुलो लोकतन्त्र भएको मुलुक भारतमा नागरिकको अवस्था कस्तो छ ? यो प्रश्नको जवाफ ऋणमा डुबेर आत्महत्या गर्न विवश किसानको बाध्यताले नै पुष्टी  गरिसकेको छ।  तर, बीबीसीमा शुक्रबार प्रकाशित एक अर्को रिपोर्टले गरिवीको अर्को भयावह अवस्था सप्रमाण पेश गरेको छ, एक महिलाको कथाका रुपमा। 

जहाँ एक आमाले आफ्ना सन्तानलाई एकछाक खान खुवाउनका लागि कपाल बेचेकी छिन्। भारतको तमिलनाडु जिल्लाकी ३१ वर्षीया प्रेमा सेल्वमको कथा हो, यो। 

गत जनवरी ३ तारिकका दिन उनको सात वर्षको छोरोले स्कुलबाट फर्केर आएपछी खाना माग्यो। तुरुन्तै दिने केहिचिज प्रेमासँग थिएन। उनि भन्छिन्,'उनी भोकाएपछि रोए।' त्यो बेला उनले आफु असहाय भएको महसुस गरिन किनकि उनीसँग १० रुपयाँ समेत थिएन । पुराना प्लास्टिकका भाँडा बाहेक उनीसँग केही  थिएन।  जे थिए ति कुनैपनि बिक्री  हुने अवस्थामा थिएनन्। 

प्रेमाको कुनै सम्पत्ति र गहनाहरू थिएनन्। न त कुनै बहुमूल्य चीजहरू वा भान्साका भाँडाहरू नै थिए जो पैसामा बेच्न सक्थिन् । उनले बिबिसीसँग  भनेकी छिन्,  "मलाई एउटा पसलको बारेमा थाहा भयो जहाँ कपाल किन्छन्। म त्यहाँ गएँ र मेरा सबै कपालहरू बेचें। मैले यसबाट १५० रुपैयाँ पाएँ।" आखिर उनले त्यो १५० रुपयाँले भोकाएको छोरालाई एकछाक खाना खुवाईन्। 

प्रेमा भन्छिन्, "मैले मेरा तीनजना बच्चाहरूको लागि तीन प्लेट प्लेट चामल किनेकी थिएँ, २० रुपये प्रति प्लेटमा।" प्रेमाले आफ्ना बच्चाहरूसँग त्यही खाना खाइन्, तर यो क्षणिक राहतको कुरा थियो। प्रेमालाई थाहा थियो कि उनीसँग अन्तिम विकल्प पनि अब थिएन। 

मानव कपाल संसारभर व्यापार गरिन्छ र भारत यसको प्रमुख निर्यातकर्ता हो।  कृत्रिम कपाल ती कपालबाट नै बनाइन्छ।

मर्न समेत पाइनन् 

वर्षौंसम्म उनी आफ्नो पतिसँग इट्टा बनाउने आगोको भट्टीमा काम गर्थिन्। दुई जनाको कमाइले परिवार बाँच्न सक्दथ्यो। उनका पतिले आफैँ भट्टा चलाउनको लागि ऋण लिए तर उनले भट्टा चलाउन सकेनन्। त्यसपछि उनी ऋणको बोझले घेरिएका थिए। सात महिना अघि उनले आगो लगाएर आत्महत्या गरे।

कपाल बेचेपछि, प्रेमाले पनी आफ्नो लोग्नेको बाटो अनुसरण गर्ने प्रयास गरिन्। उनको आत्महत्या गर्ने प्रयास असफल भयो। "मैले पसलमा कीटनाशक औषधी किन्न मागेँ तर उनीहरुले मलाई बेचेनन्", प्रेमा सुनाउँछिन्। पसलेले उनको अवस्थालाई ध्यानमा राख्दै, उनलाई शान्त पारे।

तर, अर्को विकल्प थिएन। घर फर्केपछि प्रेमाले अर्को बिधी प्रयोग गर्ने सोचिन् । उनले विषालु झाडीमा गैर त्यसको बिऊ संकलन गरिन् र पिंध्न शुरू गरिन् ।तर,  संयोगले छिमेकमा बस्ने उनकी बहिनी त्यहाँ आइपुगिन्। उनले प्रेमालाई यो विषालु पेस्ट बनाउनबाट रोकिन् । प्रेमासँग  एकातिर खाना नै थिएन  अर्कोतिर आफ्ना पतिले लिएको ऋण फिर्ता गर्न दबाव परेको थियो।

आफ्नो श्रीमानको मृत्युपछि प्रेमा घरमा एक्लो कमाई गर्ने एक्लो व्यक्ति हुनुहुन्थ्योथिइन्। उनले इट्टाको भट्टामा काम गर्न छोडिनन्। यद्यपि यो काममा एकदम कडा परिश्रम आवश्यक थियो। प्रेमा भन्छिन्, "जब म काममा जान्थें, म दिनमा २०० रुपैयाँ कमाउँथें। परिवार चलाउनको लागि यो पर्याप्त थियो।"

उनले आफ्ना दुई छोराहरूलाई पनि आफूसँगै लग्थिन् किनभने उनीहरु स्कूल जाने उमेरको थिएनन्। तर कपाल बेचबिखनको घटना हुनु भन्दा तीन महिना अघि प्रेमा बिरामी परीन्।  उनको आम्दानी हुन् छोड्यो । प्रेमा भन्छिन्, "ईंटको बोझ मैले सहन सकिनँ, ज्वरोको कारण धेरै दिन घरबाट बाहिर निस्कन सकिन।"

कम कमाईका कारण प्रेमाले ऋणको किस्ता तिर्न सकिनन्। पैसा दिनेहरूले दबाब दिन थाले र प्रेमाको निराशा बढ्दै गयो। त्यहाँ कुनै तरिका थिएन, यस्तो समयमा, प्रेमाले आफ्नो कपाल बेचिन् र त्यसपछि आत्महत्या गर्ने बारे सोचिन्। (बिबिसी हिन्दीको सहयोगमा )

प्रतिक्रिया दिनुहोस