पुनःनिर्माण प्राधिकरणका कर्मचारी घुस लिएको अभियोगमा पक्राउ - Aarthiknews
aarthiknews.com बुधबार, १४ फागुन २०७६   Wednesday, 26 February, 2020
 

पुनःनिर्माण प्राधिकरणका कर्मचारी घुस लिएको अभियोगमा पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० माघ २०७६
Sunrise
पुनःनिर्माण प्राधिकरणका कर्मचारी घुस लिएको अभियोगमा पक्राउ
LBEF

काठमाडौं । पुनःनिर्माण प्राधिकरणका कर्मचारी रु छ हजार घुस लिएको अभियोगमा पक्राउ परेका छन् । पुनःनिर्माण प्राधिकरणअन्तर्गत भोजपुर नगरपालिकामा कार्यरत सबइञ्जिनीयर प्रकाश तिवारी घुस लिँदै गर्दा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले रङ्गेहात पक्राउ परेका हुन् ।

इञ्जिनीयर तिवारीलाई शुक्रवार छ हजार घुससहित भोजपुरको प्रधान होटलबाट पक्राउ गरिएको बताइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको डिएसपी श्याम सारु मगर नेतृत्वको टोलीले त्यही होटलबाट रङ्गेहात पक्राउ गरेको जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस