एनएमबि लघुवित्तको नाफा ४ करोड ९० लाख - Aarthiknews
aarthiknews.com सोमबार, २४ चैत्र २०७६   Monday, 06 April, 2020
 
Tansen_cement
Janahit Suchana

एनएमबि लघुवित्तको नाफा ४ करोड ९० लाख

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० माघ २०७६
Sunrise
एनएमबि लघुवित्तको नाफा ४ करोड ९० लाख
LBEF

काठमाडौं । चालू आवको दोस्रो त्रैमास(पुस मसान्त) सम्ममा एनएमबि लघुवित्त वित्तीय संस्थाले रू. ४ करोड ९० लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ३७५ प्रतिशतले वृद्धि भएको हो । 

सो अवधिमा कम्पनीले रू. १ करोड ३ लाख नाफा कमाएको थियो । चालू आवको पुस मसान्त सम्ममा कम्पनीले रू. २ करोड ८४ लाख खराब कर्जा उठाउन कम्पनीले ब्यवस्थापन सफल भएकाले  र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । 

कम्पनीको चुक्ता पूँजी ३० प्रतिशतले बढेर रू. २१ करोड ६ लाख पुगेको छ । रिर्जभ कोषमा रू. १७ करोड ७५ लाख छुटयएको हो । पुस मसान्त सम्ममा कम्पनीले रू.  २ अर्ब ४७ करोड सापटि लिएको छ । सोही अवधिमा कम्पनीले रू. १ अर्ब ३१ करोड निक्षेप संकलन भएको छ भने रू. ३ अर्ब ४७ करोड कर्जा प्रवाह गरेको हो ।

  प्रतिशेयर आम्दानी रू. ४६ दशमलव ६०, मूल्य आम्दानी अनुपात रू. १७ दशमलव १७, तरलता अनुपात १८ दशमलव ५४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १८३ दशमलव ५२ छ । पुस मसान्त सम्ममा कम्पनीले ५४ वटा जिल्लामा १०० वटा शाखा तथा उपशाखा कार्यालयहरु मार्फत १ लाख १ हजार ५१ विपन्न घरपरिवारमा लघुवित्त सेवा प्रदान गर्दै आएको छ । दोस्रो बजारमा बिहिवार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ८१३ मा कारोबार भएको थियो । 
 

प्रतिक्रिया दिनुहोस