स्मारिकाबाट संकलित रकम भवन निर्माणमा - Aarthiknews
aarthiknews.com मंगलबार, ०६ फागुन २०७६   Tuesday, 18 February, 2020
 

स्मारिकाबाट संकलित रकम भवन निर्माणमा

  • रिता राउत
    रिता राउत
  • शुक्रबार, १० माघ २०७६
Sunrise
स्मारिकाबाट संकलित रकम भवन निर्माणमा
LBEF

उदयपुर । कर्मचारी मिलन केन्द्र उदयपुरले स्मारिक प्रकाशनबाट संकलित रकमलाई सदुपयोग गर्दै भवन निर्माणमा खर्च गरेको छ । पर्यटन बर्ष २०२० लाई लक्षित गरी प्रकाशन गरेको मिलन स्मारिकाको सूचना सन्देसवापत संकलित २० लाख १९ हजार चार सय ७५ रुपैँया मध्ये १६ लाख ४८ हजार आठ सय १३ रुपैँया १५ पैसा भवन निर्माणमा खर्च गरको हो ।

उक्त रकमबाट केन्द्रको त्रियुगा नगरपालिका १० बोक्सेस्थित जिर्ण एक तले भवनको मर्मत र माथिल्लो तला निर्माणमा खर्च गरिएको अध्यक्ष हिरा न्यौपानेले जानकारी दिए । निर्माणचरणको अन्तिम अबश्थामा रहेको भवनको पत्रकार सम्मेलनमार्फत सार्वजानिक गरिएको छ । 

२०५२ सालमा स्थापना भएको भवन चुहिने, जतातै भत्किएको र शौचालयसमेत नभएकाले मर्मतसम्भार गरिएको र माथिल्लो तला सभाहल हुने गरी निर्माण गरिएको उनले बताए । भवनको बिभिन्न भौतिक सामान तथा भवनको कम्जोर अवस्थालाई मध्यनजर गर्दै २०७६ साल साउन १० गते हिरा न्यौपानेको अध्यक्षतामा गठन भएको तदर्थ कार्यसमितिले भवन मर्मत तथा थप निर्माणको कार्ययोजना अघि सारेको थियो । 

भवन निर्माणका लागि अलग्यै वजेट नभएकाले जिल्लाको पर्यटकिय क्षेत्रलाई उजागर गर्ने गरी मिलन स्मारिका प्रकाशन गर्ने र त्यसवापत संकलन भएको रकम भवनमा खर्च गर्ने योजनाकासाथ अघि बढिएको उनले बताए । 

मिलन स्मारिका प्रकाशनले उदयपुरको चार वटा नगरपालिका र चार वटै  गाउँपालिकाहरुको पर्यटन क्षेत्रमा समेत प्रचारप्रसारको भुमिका खेलेको उनले बताए । सरकारी कार्यलय, बैँङक, नगरपालिका गाउँपालिका, उदयपुर सिमेन्ट, भौतिक पूर्वधार लगाएतबाट राम्रो आर्थिक संकलन भएको कोषाध्यक्ष सुमन बुढाथोकीले बताए ।

उनले बोक्से क्षेत्रमा सभाहलसमेत नभएको अबश्थामा नागरिकलाई समेत ध्यानमा राखि सभाहल निर्माण गरिएको उनले बताए । यसवापत केन्द्रलाईसमेत केहि आर्थिकरुपमा सहज हुने उनले बताए । 

प्रतिक्रिया दिनुहोस