सांसद मनाङ्गेको कुटाई खाएका एन्फा अध्यक्ष गुरूङ पनि पक्राउ - Aarthiknews
aarthiknews.com मंगलबार, ०६ फागुन २०७६   Tuesday, 18 February, 2020
 

सांसद मनाङ्गेको कुटाई खाएका एन्फा अध्यक्ष गुरूङ पनि पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० माघ २०७६
Sunrise
सांसद मनाङ्गेको कुटाई खाएका एन्फा अध्यक्ष गुरूङ पनि पक्राउ
LBEF

काठमाडौं । सांसद दीपक मनाङेको कुटाई खाएका एन्फा अध्यक्ष मिलन गुरूङलाई पनि प्रहरीले पक्राउ गरेको छ। ठगी तथा बैंकिङ कसुरको जाहेरी परेपछि गुरूङलाई शुक्रबार पक्राउ गरिएको हो । 

गुरूङविरूद्ध बिहीबार जिल्ला प्रहरी कार्यालय कास्कीमा ठगी र बैंकिङ कसुरको जाहेरी परेको थियो। जाहेरी परेपछि मिलनलाई बिहीबारै प्रहरीले अदालतसँग पक्राउ अनुमति मागेको प्रहरीले जनाएको छ । 

यता, मनाङेलाई जिल्ला प्रशासन कार्यालय कास्कीले दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीले शुक्रबार मनाङेलाई दुई दिन थुनामा राख्न अनुमति दिएका हुन्।

मनाङेविरूद्ध प्रहरीले केही सार्वजनिक अपराध अन्तर्गत अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस