सुनको मूल्य आज पनि बढ्यो, यस्तो छ बजार भाउ - Aarthiknews
aarthiknews.com मंगलबार, ०६ फागुन २०७६   Tuesday, 18 February, 2020
 

सुनको मूल्य आज पनि बढ्यो, यस्तो छ बजार भाउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० माघ २०७६
Sunrise
सुनको मूल्य आज पनि बढ्यो, यस्तो छ बजार भाउ
LBEF

काठमाडौं । सुनको मूल्य आज पनि बढेको छ । गत बिहीबार ७५ हजार दुई सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज दुई सय रुपियाँले बढेर प्रतितोला ७५ हजार दुई सय रुपियाँ कायम भएको हो ।

महासंघले आज तेजाबी सुन प्रतितोला ७४ हजार नौ सय रुपियाँ कायम गरेको छ । त्यसैगरी, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६४ हजार ४७० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६४ हजार २१५ रुपियाँ कायम गरेको छ ।

यता चाँदीको मूल्य स्थिर रहेर प्रतितोला ८८५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७५९ रुपियाँ कायम गरेको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपाली बजारमा पनि त्यसको प्रभाव देखिएको सुनचाँदी व्यावसायी महासंघको भनाई छ । 
 

प्रतिक्रिया दिनुहोस