aarthiknews.com आइतबार, १८ जेठ २०७७   Sunday, 31 May, 2020
 
Tansen_cement
ctz
hulas Remite

लगानीकर्ताको नाममा २६ करोड जम्मा

  • मानमती पन्त
    मानमती पन्त
  • शुक्रबार, १० माघ २०७६
Sunrise
लगानीकर्ताको नाममा २६ करोड जम्मा
LBEF

काठमाडौं । लगानीकर्ताको हितको लागि बनाएको लगानीकर्ता सरक्षण कोषमा २६ करोडभन्दा बढी रकम जम्मा भएको कम्पनी रजिष्ट्रार कार्यालयले जनाएको छ । सार्वजनिक कम्पनीहरुमा रहेको कम्पनीको लाभांश लगायतमा दावी नपरेको सम्पत्तिलाई व्यबस्थित गर्न २०७३ सालमा लगानीकर्ता सरक्षण कोषको कार्यविधि बनाइएको थियो । 

कोषमा लगानीकर्ताहरुबाट पाँच वर्षसम्म दावी नभएको रकम, लाभांश र विदेशी दातृनिकायबाट दिएको चन्दा लगायत आम्दानीको स्रोत रहेको छ । उक्त कोषमा आर्थिक बर्ष २०७६÷०७७ को माघ १० गतेसम्म ३५ वटा बैंक तथा वित्तिय संस्थाहरुले लगानीकर्ता संरक्षण कोषमा रकम जम्मा गरिसकेको कम्पनी रजिष्ट्रार कार्यालयकी लेखा अधिकृत सावित्रा सुवेदीले बताइन् । 

हालसम्म रकम जम्मा गर्ने ३५ वटा बैंक तथा वित्तिय संस्थाहरुले कोषमा २६ करोड २९ लाख ७४ हजार ६८७ रकम जम्मा गरेको सुवेदीले बताइन । चालु आ.व.मा बैंक तथा वित्तिय संस्थाहरुबाट कोषमा जम्मा भएको १७ लाख ४१ हजार ४७७ रकम लगानीकर्तालाई भुक्तानी गरेको छ । लगानीकर्ता संरक्षण कोषमा लगानीकर्ताले लिन बाँकी २६ करोड १२ लाख ३३ हजार २११ रकम रहेको लेखा अधिकृत सुवेदीले आर्थिक न्युज डटकमलाई जानकारी दिइन् । 

बाँकी बैंक समेत दर्ता हुने प्रक्रियामा रहेको उनले बताईन् । उनका अनुसार धेरै बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले लगानीकर्ताको विवरण र उनीहरुको हिसाव मिलन गर्न बाँकी रहेकाले दर्ता गर्न आउन ढिलाई भएको हुनसक्ने उनको भनाई छ ।

आर्थिक बर्ष २०७५÷०७६ सम्म २७ वटा बैंक तथा वित्तिय संस्थाहरुले कोषमा १९ करोड ७ लाख ५१ हजार ९८४ रकम जम्मा गरेका थिए । तर, चालु आर्थिक बर्ष माघ १० गतेसम्ममा ८ वटा बैंक तथा वित्तिय संस्थाहरुले कोषमा रकम जम्मा गरेको छ । हालसम्म रकम जम्मा गर्ने ३५ वटा बैंक तथा वित्तिय संस्थाहरुले कोषमा २६ करोड २९ लाख ७४ हजार ६८७ रुपैयाँ कोषमा जम्मा गरेको छ । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त संस्था लिमिटेड, सिटिजन्स इन्टरनेश्नल बैंक लिमिटेड र एन.एन.बि. बैंक लिमिटेडले भने कोषमा चालु बर्षमा पनि रकम थप गरेको छ । 

यो कोष सञ्चालनका लागि कम्पनी रजिष्ट्रार कार्यालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेञ्जका प्रतिनिधि सम्मेलित एक कमिटि समेत बनाएको छ । नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्टार कार्यालय र नेपाल स्टक एस्क्चञ्जको तीन वटा संस्थाले लगानीकर्ता संरक्षण कोषका रकम परिचलन सम्बन्धी कार्य विधि नबन्दा यो कोष परिचलनमा समस्या आइरहेको छ ।  
 

प्रतिक्रिया दिनुहोस