aarthiknews.com विहीबार, १५ जेठ २०७७   Thursday, 28 May, 2020
 
Tansen_cement
ctz
hulas Remite

इन्फिनिटी लघुवित्तको नाफा १५८ प्रतिशतले वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ माघ २०७६
Sunrise
इन्फिनिटी लघुवित्तको नाफा १५८ प्रतिशतले वृद्धि
LBEF

काठमाडौं । चालू आवको दोस्रो त्रैमासमा इन्फिनिटी लघुवित्तको नाफा १५८ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा कम्पनीले रू. ३ करोड ३४ लाख नाफा कमाएको हो । नाफा गत आवको दोस्रो त्रैमासमा रू.१ करोड २९ लाख थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो ।

कम्पनीले यस वर्ष शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ५ दशमलव ७९ प्रतिशत नगद लाभांश दिएको हो  । चुक्तापूँजी रू.२२ करोड ८१ लाख छ । रिर्जभ कोषमा रू. ६ करोड ७८ लाख छुट्याएको छ । 

प्रतिशेयर आम्दानी रू.२९ दशमलव ३४, मूल्य आम्दानी अनुपात १९ दशमलव १५, तरलता अनुपात १५ दशमलव ८३ र प्रतिशेयर नेटवर्थ रू.१२९ दशमलव ७५ छ । हालसम्ममा कम्पनीले ४९ ओटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गर्देै आएको छ । 
 

प्रतिक्रिया दिनुहोस