भन्सारसँग आम नागरिक साक्षात्कार हुन सकेनन्ः महानिर्देशक दाहाल - Aarthiknews
aarthiknews.com सोमबार, १७ चैत्र २०७६   Monday, 30 March, 2020
 
Tansen_cement
Janahit Suchana

भन्सारसँग आम नागरिक साक्षात्कार हुन सकेनन्ः महानिर्देशक दाहाल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ माघ २०७६
Sunrise
भन्सारसँग आम नागरिक साक्षात्कार हुन सकेनन्ः महानिर्देशक दाहाल
LBEF

काठमाडौं । भन्सार विभागका महानिर्देशक सुमन दाहालले भन्सारसँग आम नागरिक साक्षात्कार हुन नसकेको बताएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाललले ६८ औं भन्सार दिवसको उपलक्ष्यमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा दाहालले उक्त कुरा बताएका हुन् । 

उपत्यकाको उदाहरण दिँदै दाहालले भने, “काठमाडौंमा मात्रै १३ वटा कर कार्यालय छन् । तर, एउटा मात्रै भन्सार कार्यालय छ । त्यसैले भन्सारसँग साक्षात्कार हुन सक्दैन ।” आम मानिस नागरिकता लिन, चालक अनुमतिपत्र लिन जानै पर्ने बाध्यकारी अवस्था भएकाले जाने गरेको तर भन्सारको निरीक्षण वा सामान आयात÷निर्यातको हिसाबले नजाने हुँदा त्यहाँको वस्तावित अवस्थाबारे जानकार हुन नसकेको बताए । दाहालले भन्सारका गतिविधि, काम कारबाहीका विषयमा जानकारी दिन प्रशिक्षण कार्यक्रमले सहयोग गर्ने बताए ।

भन्सार विभागले यो वर्षबाट मालवस्तुको सही घोषणा अभियान सुरु गर्ने भएको छ । सही घोषणा गर्ने पहिलो अधिकार व्यवसायी र पैठारीकर्ताको भएको बताउँदै महानिर्देशक दाहालले पैठारीकर्ता आफै वा एजेन्टमार्फत् त्यसको जवाफ दिनुपर्ने बताए ।

प्रशिक्षणबाट सम्पूर्ण व्यवसायीलाई सहयोग पुग्ने नाडाका अध्यक्ष कृष्ण दुलालले बताए । उनका अनुसार सातवटै प्रदेशमा संस्थागत सदस्यमार्फत् प्रशिक्षण कार्यक्रम अगाडि बढाउने नाडाको लक्ष्य छ । त्यस अवसरमा अध्यक्ष दुललाले अहिलेको मुख्य माग भनेको सन्दर्भ मूल्य हटाएर व्यवसायीले स्वघोषणा गरिएको मूल्य कायम हुनुपर्ने बताए । भन्सार विभागले पनि त्यसलाई महसुस गरी मान्यता दिएको बताए ।

प्रतिक्रिया दिनुहोस