सामूहिक बलात्कारपछि हत्याका दोषीलाई मृत्युदण्डको अर्को मिति तय - Aarthiknews
aarthiknews.com आइतबार, ११ फागुन २०७६   Sunday, 23 February, 2020
 

सामूहिक बलात्कारपछि हत्याका दोषीलाई मृत्युदण्डको अर्को मिति तय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ माघ २०७६
Sunrise
सामूहिक बलात्कारपछि हत्याका दोषीलाई मृत्युदण्डको अर्को मिति तय
LBEF

भारत । भारतको तिहाड कारागारका अधिकारीहरुले सामूहिक बलात्कार गरेका चारजना दोषीलाई यही वर्षको सुरुमा मृत्युदण्डको सजाय तोकिएको थियो । मुकेश सिंह, विनय शर्मा, अक्षय सिंह र पवन गुप्तालाई अदालतले यही जनवरी २२ को बिहान ७ बजे मृत्युदण्ड दिने फैसला भए पनि स्थगित भएको छ । नयाँ निर्णय अनुसार फेब्रुअरी १ मा मात्रै उनीहरुलाई मृत्युदण्ड दिइनेछ । १ फेब्रुअरीको बिहान ६ बजेका लागि समय तोकिएको छ ।

उनीहरुले आफ्नो परिवारलाई अन्तिम पटक भेट्ने र सम्पत्तिको स्रोतबारे कुनै जवाफ दिएका छैनन् । भारतको कानुन अनुसार मृत्युदण्ड पाउनुअघि कसुरदारले आफ्नो परिवारको आफूले चाहेको व्यक्तिलाई अन्तिम पटक भेट्न पाउँछ ।

साथै आफ्नो सम्पत्तिको हकदार कसलाई बनाउने भन्ने प्रश्न पनि कसुरदारलाई अदालतले सोध्छ । तर निर्भया हत्याकाण्डका दोषीले यी दुबै प्रश्नको जवाफ नदिएको भारतीय मिडियाले जनाएका छन् ।

अन्तिम समयमा मौन रहेपछि उनीहरुले थप समय मागेको हुनसक्ने अनुमान गरिएको छ । साथै दुई अभियुक्तले अदालतको फैसलापछि पुनर्विचार गर्न निवेदन दिएका थिए । निर्भयाका परिवार र आफन्तले भने दोषीलाई कारवाहीको माग गर्दै प्रदर्शन गर्दैआएका थिए ।

२३ वर्षीया मेडिकल विद्यार्थी निर्भयाको २०१२ मा सामूहिक बलात्कारपछि हत्या भएको थियो । जुन घटनाले भारतमा देशव्यापी आन्दोलनको रुप लिएको थियो । घटनाको सात वर्षपछि दोषीलाई अदालतले मृत्युदण्ड दिनुपर्ने फैसला सुनाएको हो । एजेन्सी

प्रतिक्रिया दिनुहोस