अष्ट्रेलियामा आगो निभाउने बिमान दुर्घटना - Aarthiknews
aarthiknews.com आइतबार, ११ फागुन २०७६   Sunday, 23 February, 2020
 

अष्ट्रेलियामा आगो निभाउने बिमान दुर्घटना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ माघ २०७६
Sunrise
अष्ट्रेलियामा आगो निभाउने बिमान दुर्घटना
LBEF

एजेन्सी । अस्ट्रेलियामा अग्नि नियन्त्रक चढेको विमान दुर्घटना भएको छ । दुर्घटनामा अमेरिकी मुलका चालक दलका सदस्यको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

बिहीबार स्थानीय समयअनुसार साढे १ बजे दक्षिणी न्यु साउथ वेल्समा आगो निभाउन पानी बोकेको विमान हराइरहेको बताइएको थियो । विमानमा चालक दलका तीन जना सदस्यको पहिचान नभए पनि अमेरिकी मुलका नागरिक रहेको आधिकारिक स्रोतले बताएको छ ।

विमान दुर्घटनाको कारणबारे थाहा भएको छैन् । न्यु साउथ वेल्सकी प्रमुख ग्लेडिस बेरेजिक्लियनले अग्नि नियन्त्रक बोकेको विमान अस्ट्रेलियाको राजधानी क्यानबेराबाट दुई घण्टा टाढाको दक्षिणमा रहेको पहाडमा दुर्घटना भएको बताएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले छन्।

 

प्रतिक्रिया दिनुहोस