पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक सञ्चालनमा - Aarthiknews
aarthiknews.com मंगलबार, ०६ फागुन २०७६   Tuesday, 18 February, 2020
 

पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ माघ २०७६
Sunrise
पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक सञ्चालनमा
LBEF

मुग्लिन । नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको सुक्खा पहिरो पन्छाइएपछि सडक सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा मङ्गलबार राति सुक्खा पहिरो खसेको थियो । 

राति ९ः३० बजे पहिरो खसेर अवरुद्ध बनेको सडक आज बिहान २ः४५ बजेबाट पहिरो पन्छाएपछि सञ्चालनमा आएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिनुभयो । खनालका अनुसार पहिरो पन्छाउन दुईवटा जेसीभी र एउटा लोडर प्रयोग गरिएको थियो ।

सुक्खा पहिरो तुइनखोलाको ३ नम्बर पुल नजिक खसेको हो । एक वर्षअघि विस्तारको काम सम्पन्न भएको सो सडकमा अहिले पहिरो रोक्ने काम भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस