aarthiknews.com विहीबार, ०४ कार्तिक २०७८   Thursday, 21 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

मञ्जुश्री फाइनान्सको नाफा बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ माघ २०७६
Citizen life
nabil bank
मञ्जुश्री फाइनान्सको नाफा बढ्यो
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । मञ्जुश्री फाइनान्सले नाफा बढेको छ । फाइनान्सले चालु आर्थिक बर्षको दोस्रो त्रैमास सम्ममा १४ करोड ३३ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ६२८.४५५ ले बढी हो । गत वर्ष यस सस्ंथाले १ करोड ९६ लाख ८२ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । पुस मसान्तसम्म आइपुग्दा यसको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ५८.४९५ र २७७.९०५ ले माथि लाग्दा नाफा ह्वात्तै बढेको छ ।

गत वर्ष १२ करोड ४२ लाख ७७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको मन्जुश्रीले यो त्रैमासमा बढाएर १९ करोड ६९ लाख ६७ हजार पुर्याएको छ । यस्तै, कम्पनी सञ्चालन नाफा पनि २ करोड ६४ लाख ९६ हजार रुपैयाँबाट बढाएर १० करोड १ लाख ३१ हजार पुर्याउन सफल भएको छ । हाल मञ्जुश्रीको चुक्ता पुँजी ८१ करोड ८१ लख ३१ हजार रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १६ करोड ३५ लाख ५६ हजार रुपैयाँ छ ।

कम्पनीले गत वर्षको नाफाबाट १.७५५ बोनस सेयर वितरण गरेपछि नाफा ८१ करोड नाघेको हो । यता, कम्पनीको खराब कर्जा भने ३.१७५ बाट बढेर ३.४३५ पुगेको छ । मञ्जुश्रीको प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ०५ पैसा र प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ ७१ पैसा छ ।

प्रतिक्रिया दिनुहोस