aarthiknews.com शनिबार, २७ असार २०७७   Saturday, 11 July, 2020
 
Citizen life

सिभिल लघुवित्तको हकप्रद आउने भयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ माघ २०७६
Sunrise
HIb
सिभिल लघुवित्तको हकप्रद आउने भयो
LBEF

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले शतप्रतिशत हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ११ करोड ४१ लाख १४ हजार रुपैयाँको आधारमा शतप्रतिशत हकप्रद जारी गर्न अनुमति मागेको हो । हकप्रद जारी गर्न कम्पनीले पुस १३ गते निवेदन दर्ता गरेको बोर्डको वेवसाइडमा उल्लेख छ । यो हकप्रद विक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

कम्पनीले २०७५ पुस २९ गते सम्पन्न गरेको वार्षिक साधारण सभाबाट शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो । यस वर्षका लागि १० प्रतिशत लाभांश कम्पनीले प्रस्ताव गरेको छ ।

 ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव कम्पनीको हो । गत असोज ५ गते लाभांश प्रस्ताव गरेको यस कम्पनीले साधारण सभाको मिति भने हालसम्म आव्हान गरेको छैन् । यो लाभांश पनि कम्पनीले  ११ करोड ४१ लाख १४ हजार रुपैयाँकै आधारमा दिन लागेको हो ।

प्रतिक्रिया दिनुहोस