aarthiknews.com शुक्रबार, ०९ असोज २०७७   Friday, 25 September, 2020
 
Bajaj_Bike
Tasen

सनराइज बैंकले ल्यायो क्यास ब्याक योजना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ माघ २०७६
सनराइज बैंकले ल्यायो क्यास ब्याक योजना
LBEF

काठमाडौँ ।डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्ने उद्देश्यले सनराइज बैंकले क्यास ब्याक योजना ल्याएको छ । माघ १ देखि तीन महिनासम्म संचालन गरिने यस योजना अन्तरगत सनराइज बैंकका डेबिटरक्रेडिट कार्ड सेवा लिएका, तर हालसम्म पनि पोइन्ट अफ सेल टर्मिनल वा ई–कमर्स मा कार्ड प्रयोग नगरेका ग्राहकहरुले पोइन्ट अफ सेल टर्मिनलमा कारोबार गर्दा रु २५० क्यास ब्याक र ई- कर्मशमा कारोबारमा रु २५० क्यास व्याक प्राप्त गर्न सक्नेछन् ।

यस योजना अन्तर्गत क्यास ब्याक प्राप्त गर्नको लागी डेबिटरक्रेडिट कार्ड मार्फत महिनामा कम्तीमा दुई पटक न्यूनतम रु ५०० वा सोभन्दा बढीको कारोबार गर्नु पर्नेछ । 

साथै, कुनै पनि ग्राहकले डेबिटरक्रेडिट कार्ड मार्फत एकै पटक वा पटक पटक गरी एक महिनामा रु १५,००० वा सो भन्दा बढीको खरिद कारोबार गरेमा रु १,००० क्यास व्याक प्राप्त गर्न सक्नेछन् । यस योजनामा एकजना कार्डहोल्डरले उल्लेखित योजना मुताबिक अधिकतम रु ३,५०० सम्म क्यास ब्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

बैंकले आफ्ना ग्राहकहरुको सुविधा तथा सहजतालाई मध्यनजर गर्दै विभिन्न छुट तथा अफरहरु दिदै आएको छ । यस क्यास ब्याक अफरले ग्राहकहरुलाई नगद भुक्तानीबाट डिजिटल भुक्तानीमा जान आकर्षित गर्ने र उक्त भुक्तानीमा पाइने क्यास व्याकले अझै बढी कारोबार गर्न मद्दत गर्ने बैंकले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस