शेयर बजारको स्थायित्वका लागि यस्तो आयो अर्थमन्त्रीको योजना( भिडियो सहित) - Aarthiknews
aarthiknews.com शुक्रबार, २८ चैत्र २०७६   Friday, 10 April, 2020
 
Tansen_cement
Janahit Suchana

शेयर बजारको स्थायित्वका लागि यस्तो आयो अर्थमन्त्रीको योजना( भिडियो सहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २९ पुस २०७६
Sunrise
LBEF

काठमाडौं । शेयर बजारको लाभांशमा लाग्दै आएको  दोहोरो कर आगामी आर्थिक वर्षको बजेटबाट सम्बोधन हुने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजारका लगानीकर्ताले लाभांशमा तिरेको दोहोरो करका विषयमा धेरै कुरा उठाएका हुनाले यो विषय अगामी बजेट निर्माणमा सम्बोधन गर्ने बताएका हुन ।   

 मंगलबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)को २७ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले यस्तो कुरा बताएका हुन् । 

अर्थमन्त्री डा. खतिवडाले धितोपत्रको मात्र कारोबार गरेर यो बजारमा स्थायित्व नहुने भन्दै बजारमा अन्य लगानीका औजारहरुको पनि विकास गरिने बताए ।  अहिले शेयर बजारमा पूँजीगत लाभकर ५ प्रतिशत छ, त्यो पनि घट्न सक्ने अर्थमन्त्रीको आशय देखाएका हुन् । उनले नेप्से २७ वर्षका भइसकेको र यो बुढो भइनसकेकाले यसको विकल्प अहिलो खाजि नगरिएको पनि बताए । 

प्रतिक्रिया दिनुहोस