सामाजिक सुरक्षा कोषले मनलाग्दी निर्देशिका जारि नगर्नुः विडारी - Aarthiknews
aarthiknews.com सोमबार, ०६ माघ २०७६   Monday, 20 January, 2020
 
Bajaj_Bike

सामाजिक सुरक्षा कोषले मनलाग्दी निर्देशिका जारि नगर्नुः विडारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २९ पुस २०७६
Sunrise bank
सामाजिक सुरक्षा कोषले मनलाग्दी निर्देशिका जारि नगर्नुः विडारी
LBEF

काठमाडौं । सामाजिक सुरक्षा कोषलाई आफु खुसी निर्देशिका जारि नगर्न, विभिन्न किसिमको कार्याविधी नबनाउन र ऐन तोडमोड नगर्न ऐन सच्यानु परेमा सरकार मार्फत संशोधन गर्न राष्ट्रिय सभाका सदस्य रामनारायण विडारील आग्रह गरेको छ । 

मंगलबार सञ्चारकेन्द्र नेपालको हलमा सामाजिक सुरक्षा कोष, भ्रम र वास्तविता विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका सदस्य विडारीले उक्त कुरा बोलेका हुन् । 

उनले कार्यक्रममा अन्य क्षेत्रमा ऐन तोडमोड, धेरै निर्देशिका र कार्यविधि आवश्यकता भन्दा बढी बनाउँदा झेल्नु परेका समस्या उल्लेख गरेका छन् । सो समस्या सामाजिक सुरक्षा कोष भित्र नल्याउन कोषलाई सल्लाह दिएका छन् । कोषले ऐन तोडमोड गर्नु भन्दा आवश्यक परे संशोधन गर्नु पर्ने बताए । 

कर्मचारीहरुले सामाजिक सुरक्षा कोष सम्बन्धि केही कमजोरी देखाएको समेत आरोप लगाएका छन । जस्तै अवकाश उमेर, कर सम्बन्धि र सेवाको बारेमा कर्मचारीको चित्त बुझाउन नसक्दा समस्या भएको हुन सक्ने आशंका गरेका छन् । 

धेरै तलब खाने बडा हाकिमहरुको अफ्ठ्यारो भएको कुरामा विडारीले ठाडै व्यङ्ग्य गरेका छन् । कोषको बारेमा हाकिमहरुले सोझै बिरोध गर्न नसक्दा अस्थायी कामदारहरुलाई उस्काउने काम गरिरहेको बिडारीले बताए । कुनै पनि नयाँ चिज आउँदा बिरोध गर्ने चलन रहेको छ । सामान्य जनमानसको लागि सामाजिक सुरक्षा कोष राम्रोसंगै असल रहेको विडारीले स्पष्ट पारेका छन् । 

कार्यक्रममा बोल्दै बैंकर्स संघका प्रमुख कार्यकारी (सिइओ) अनील शर्माले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाबारे अझै केही अस्पष्टता रहेको बताएका छन् । 

उनले सामाजिक सुरक्षा योजनाबारे अझै केही अन्यौलता तथा दुविधा बाँकी रहेकाले बैंकर्स संघ तथा कर्मचारीहरु स्पष्ट हुन चाहेको बताएका हुन् ।
निजी तथा निजामति कर्मचारीका बीचमा भएको विभेदकारी नीतिका बारेमा बैंकका कर्मचारीहरु अस्पष्ट रहेका कारण तत्काल सामाजिक सुरक्षा कोषमा सूचीकृत हुनेबारे अन्यौलता बढेको सिइओ शर्माले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस