aarthiknews.com मंगलबार, ३० असार २०७७   Tuesday, 14 July, 2020
 
Citizen life

उर्लेको नेप्से थच्चियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २९ पुस २०७६
Sunrise
HIb
उर्लेको नेप्से थच्चियो
LBEF

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा साताको शुरूबाटै उर्लिएकाे नेप्से तेस्रो दिन एक्कासी घटेको छ । अघिल्लो दिन दोहोरो अंक १५ दशमलव १४ अंकले बढेको नेप्से मंगलबार ७ दशमलव ४८ अंकले घटदा नेप्से परिसूचक १ हजार २ सय ६३ दशमलव ३८ मा थामिएको छ ।

नेपाल स्टक एक्सचेञ्जकानुसार मंगलबार नेप्से ० दशमलव ५९ प्रतिशतले घटेको छ । नेप्से घटे पनि १ सय ८३ कम्पनीको शेयर कारोबार भएकोमा ३७ लाख ६६ हजार ९ सय ८२ कित्ता शेयर कारोबार हुँदा १ अर्ब २ करोड ६४ लाख ४३ हजार ६ सय ६६ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, १२ उपसूचक मध्ये ५ वटा उपसूचकको शेयर कारोबार ब्यापार, होटल, बिकास बैंक, फाइनान्स र अन्य बाहेक बाकी सबै उपसूचक घटेको छ ।  कारोबारका हिसाबले प्रभु बैंकको प्रोमोटर शेयरको ९ लाख कित्ता शेयर खरिद त्रिक्री हुँदा कारोबार ११ करोड ४३ लाखको कारोबार भएर अग्र स्थान ओगटेको छ ।

यसैगरि, धेरै कमाउनेमा रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको प्रतिशेयर १० प्रतिशतले बढ्दा १ सय १० पुगेर उक्त कम्पनीको शेयरधनीहरु धरै कमाउनेमा परेका छन् । भने गुमाउनेमा दिव्यश्वरी हाइड्रपावर कम्पनीको शेयरधनीहरुले प्रतिशेयर ८ दशमलव ६२ प्रतिशतले घटेर कारोबार भएको छ ।
 

प्रतिक्रिया दिनुहोस