मकर संक्रान्तिमा कुन राशि भएकाले के दान गर्दा के फल पाइन्छ ? - Aarthiknews
aarthiknews.com सोमबार, ०६ माघ २०७६   Monday, 20 January, 2020
 
Bajaj_Bike

मकर संक्रान्तिमा कुन राशि भएकाले के दान गर्दा के फल पाइन्छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २९ पुस २०७६
Sunrise bank
मकर संक्रान्तिमा कुन राशि भएकाले के दान गर्दा के फल पाइन्छ ?
LBEF

विभिन्न पर्वमा राशी अनुसार फरक फरक महत्व हुन्छ। त्यसैले कुन पर्वमा कुन राशीका मानिसले के गर्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ। त्यसैले भोलि अर्थात् माघ एक गते हिन्दु धर्मालम्बीहरुले मनाउने गरेको मकर संक्रान्तिको बेला कुन राशी भएका मानिसले के दान गर्नुपर्छ भन्ने बारे यहाँ चर्चा गरिएको छ। 
  
 मेष - मेष राशी भएका व्यक्तिले पहेंलो फूल, हल्दी, तिलमा पानीमा मिसाएर सूर्यलाई अर्घ दिनुपर्छ। यो राशी भएकाले तिल र गुड दान गर्नुहोस् । यसोगर्दा तपाईले उच्च स्थान पाउनुहुनेछ।
 
वृष - सेतो चन्दन, दूध, सेतो फूल, तिललाई पानीमा राख्नुहोस् र सूर्यलाई अर्घ  दिनुहोस्। ठूलो उत्तरदायित्व प्राप्त गर्ने र महत्त्वपूर्ण योजनाहरू सुरु गर्ने संभावनाहरू बढ्नेछ ।
 
मिथुन - तिल, दुबो र फूलहरू पानीमा मिसाउनुहोस् र सूर्यलाई अर्घ दिनुहोस्। गाईलाई हरियो घाँस दिनुहोस्। मुंग दालको खिचडी दान गर्नुहोस्। यसो गर्नाले खुशी प्राप्ति हुनेछ।
 
कर्कट - दूध, चामल, तिललाई पानीमा मिसाउनुहोस् र घामलाई अर्पण गर्नुहोस्। चामल, चिनी, तिल दान दिनुहोस्। संघर्ष र द्वन्द्वको अन्त्य हुनेछ।
 
सिंह - कुमकुम र रातो फूल, तिललाई पानीमा राख्नुहोस् र सूर्यलाई अर्घ दिनुहोस्। तिल, गुड, गहुँ, सुन दान गर्नुहोस्। केही प्रमुख उपलब्धि हासिल हुनेछ।
 
कन्या - तिल, दुबो र पानीमा फूलहरू थपेर सूर्यलाई अर्घ दिनुहोस । मुंग दालको खिचडी दान गर्नुहोस्। गाईलाई घाँस लगायत खाना खुवाऊनुहोस।  तपाईंलाई  राम्रो समाचार प्राप्त हुनेछ।

तुला- सेतो चन्दन, दूध, चामल, तिल मिसाएर सूर्यलाई अर्पण गर्नुहोस्। चामल दान गर्नुहोस्। व्यापारमा बाह्य सम्बन्धबाट लाभहुनेछ साथै शत्रुहरू परास्त  हुनेछन्।
 
वृश्चिक: कुमकुम, रातो फूल र तिललाई पानीमा राखेर यसलाई सूर्यमा अर्पण गर्नुहोस्। गुड दान गर्नुहोस्। विदेशी काम र विदेश यात्राबाट फाइदा हुन्छ।
 
धनु - हल्दी, केसर, पहेलो फूल पानीमा राखेर सूर्यलाई अर्घ दिनुहोस् । यसो गर्दा चारै तर्फबाट विजय हुनुहुनेछ।
 
मकर - गाढा निलो फूलहरू र तिललाई पानीमा राखेर सूर्यलाई अर्घ दिनुहोस्। गरिबहरूलाई खाना खुवाउनुहोस । यसोगर्दा विभिन्न कुरामा तपाइको अधिकार प्राप्त हुन्छ।
 
कुम्भ - नीलो-कालो फूलहरू, सरसौंको तेल र तिललाई पानीमा मिलाउनुहोस् अनि सूर्यलाई अर्पण गर्नुहोस्। तेल र तिलको दान दिनुहोस्। विरोधीहरू पराजित हहुनेछन्। विभिन्न प्रकारका भेटी र सम्मान प्राप्त हुनेछ ।
 
मीन - हल्दी, केसर, पहेंलो फूल, तिल एकै ठाउँमा राखेर सूर्यलाई अर्पण गर्नुहोस्। सरसों, केसर दान गर्नुहोस्। यसबाट सम्मान, ख्याति बढ्नेछ।
 

प्रतिक्रिया दिनुहोस