बी एण्ड सी कलेज सञ्चालक प्रसाईं र गिरीको घुस विवाद अख्तियार पुग्यो - Aarthiknews
aarthiknews.com सोमबार, ०६ माघ २०७६   Monday, 20 January, 2020
 
Bajaj_Bike
बिवाद चुलियाे

बी एण्ड सी कलेज सञ्चालक प्रसाईं र गिरीको घुस विवाद अख्तियार पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २९ पुस २०७६
Sunrise bank
बी एण्ड सी कलेज सञ्चालक प्रसाईं र गिरीको घुस विवाद अख्तियार पुग्यो
LBEF

काठमाडौं । मेडिकल कलेज अनुमतिको पर्खाईमा रहेको झापाको बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईं र चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको घुस मागेको र नमागेको सम्बन्धि विवाद अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेको छ ।

गिरीमाथि २० करोड घुस मागेको आरोप लगाउँदै प्रसाईंले अख्तियार र सम्पत्ति शुद्धीकरण विभागमा उजुरी दिएका छन् । प्रसाईंले २० करोड घुस मागेको भन्दै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले द्वारिकाज होटलमा बारगेनिङ गरेको पत्रकार सम्मेलन गरेर जानकारी दिएका थिए ।

त्यस लगत्तै गिरीले पनि सोही दिन घुस नमागेको प्रसाईंले ठाडो निवेदनका आधारमा बी एण्ड सी कलेजलाई सम्बन्धन दिन माग गरेको र घुस मागेको प्रमाण देखाउन चुनौति दिएको थियो ।

बी एण्ड सी कलेजलाई सम्बन्धन नदिएका कारण प्रसाईंले घुसको आरोप लगाएको गिरी निकटवर्तीको दाबी छ ।

प्रसाईं त्यही मुद्दालाई लिएर अदालतसम्म जाने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस