aarthiknews.com बुधबार, २८ साउन २०७७   Wednesday, 12 August, 2020
 
Bajaj_Bike
Tasen

एक जनवरीको मकर संक्रान्ति यसरी पुग्यो १५ जनवरीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २९ पुस २०७६
एक जनवरीको मकर संक्रान्ति यसरी पुग्यो १५ जनवरीमा
LBEF

काठमाडौँ। भोलि माघ १ गते अर्थात् मकर संक्रान्ति। अंग्रेजी पात्रो अनुसार १५ जनवरी। आजराती २:१५ बजे सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरेपछि संक्रान्ति शुरु हुन्छ। हिन्दु धर्मालम्बीहरुले यो चाडलाई  सूर्योदय स्नान, दान र पूजाको साथ मनाउने गर्छन्। 

सूर्यको चाल  अनुसार यो चाडको पनि मिती  फेरिने गर्छ। नेपालमा बिक्रम सम्बत् अनुसार सँधै  माघ १ गते मनाउने गरिएपनि अंग्रेजी पात्रो चलाइने भारत लगायतका मकर संक्रान्ति मनाउने मुलुकमा भने यो पर्वको तारिक बदलिने गरेको छ। अहिले १४ या १५ जनवरीमा मानिने गरेको यो चाड अबको केहि वर्षमा १६ तारिकमा मनाइन थालिने छ।

आजभन्दा ९ सय वर्ष अगाडी १ जनवरीमा यो चाड मनाइन्थ्यो।  प्रत्येक वर्ष २० मिनेट ढिलोगरी सूर्य धनुबाट मकर राशीमा प्रवेश गर्दा यसरी यसको मिती पछाडी सर्दै गएको हो। अबको ५ हजार वर्ष पछि मकर संक्रान्ति फेब्रवरीको अन्त्यमा मनाइने छ। 

यस हिसाबले सन् १९०२ मा पहिलो पटक १४ जनवरीमा मनाइएको यो पर्व सन् २०७७ मा अन्तिमपटक १४ जनवरीमा मनाइने छ।  त्यसपछि भने १५ जनवरीमा मात्र यो चाड पर्नेछ।  हरेक ७२ वर्षमा एक दिनको दरले यो पर्व पछाडी सर्ने गर्छ। 
 

प्रतिक्रिया दिनुहोस