सानिमा जनरलले आइपीओ प्रस्ताव पेश गर्ने - Aarthiknews
aarthiknews.com शुक्रबार, १० माघ २०७६   Friday, 24 January, 2020
 
Bajaj_Bike

सानिमा जनरलले आइपीओ प्रस्ताव पेश गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २९ पुस २०७६
Sunrise bank
सानिमा जनरलले आइपीओ  प्रस्ताव पेश गर्ने
LBEF

काठमाडौं। सानिमा जनरल इन्सुरेन्सले दोस्रो वार्षिक साधारण सभा माघ २४ गते बोलाउँदै आइपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ । सभा होटल एलो पेगोडा, कान्तिपथ काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुनेछ ।

सो सम्बन्धि कार्य गर्नका लागी सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । सभामा आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदन पारित गर्ने र सोही आर्थिक वर्षको वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । 
 

प्रतिक्रिया दिनुहोस