सुनको मूल्य तोलामा ८०० घट्यो - Aarthiknews
aarthiknews.com सोमबार, ०६ माघ २०७६   Monday, 20 January, 2020
 
Bajaj_Bike

सुनको मूल्य तोलामा ८०० घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २९ पुस २०७६
Sunrise bank
सुनको मूल्य तोलामा ८०० घट्यो
LBEF

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सोमबार ७४ हजार ८०० रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज ८०० रुपियाँले घटेर प्रतितोला ७४ हजार रुपियाँ कायम भएको हो । आज महासंघले तेजाबी सुन प्रतितोला ७३ हजार सात सय रुपियाँ कायम गरेको छ । 

त्यस्तै, महासंघले प्रति १० ग्राम छापाढवाला सुनको मूल्य ६३ हजार ४४५ रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६३ हजार १९० रुपियाँ कायम गरेको छ । त्यस्तै, चाँदीको मूल्य १० रुपियाँले घटेर ८८० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७५४ रुपियाँ ५० पैसा कायम गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस