दुई कम्पनीको खिचातानीले मनोहरा करिडोरको काम अलपत्र पर्दै - Aarthiknews
aarthiknews.com शुक्रबार, १० माघ २०७६   Friday, 24 January, 2020
 
Bajaj_Bike

दुई कम्पनीको खिचातानीले मनोहरा करिडोरको काम अलपत्र पर्दै

  • प्रजिता पाैडेल
    प्रजिता पाैडेल
  • सोमबार, २८ पुस २०७६
Sunrise bank
दुई कम्पनीको खिचातानीले मनोहरा करिडोरको काम अलपत्र पर्दै
LBEF

काठमाडौं । लामो समयदेखि निर्माण हुन नसकेको मनोहरा करिडोर सडक खण्डको काम माघको अन्तिम सम्ममा क्रस पाइप हालिसक्ने निर्माण कम्पनी पीआईडी कन्ट्रयाक्टर (डिक्वे)ले  जनाएको छ । 

लामो समयदेखि अल्झिएको उक्त करिडोर काठमाडौंको शंखरापुर, कागेश्वरी मनोहरा, भक्तपुरका मध्यपुरठिमी र चाँगुनारायण गरी चार नगरपालिकाले संयुक्त रूपमा मनोहरा करिडोरलाई जोडेर सडक सञ्चालन गर्ने तयारी गरेको छ । 

निर्माण कम्पनीको बेवास्ताको कारणले सहज रुपमा करिडोर सञ्चालनमा आउन नसकेको  संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले जनाएको छ । 

माघको अन्तसम्ममा काम सक्ने भनिए पनि करिडोरको सडकमा ग्राभेल गरिसकेको तर पाइप लाईनको काम जिम्मा लिएको निर्माण कम्पनी (पीआईडी)ले क्रस पाइप नराखेको हुनाले कालो पत्रे हुन नसकेको सडक डिभिजन कार्यलयका प्रवक्ता सुदर्सन कार्कीले बताए । 

उनका अनुसार करिडोरको लम्बाइ ९ कि.मी. मनोहरा सरडक खण्ड ११ मिटर चौडाइको काम, ग्राभेलको काम पुरा भएको, तर कालो पत्रे (ब्ल्याक टर्न)को काम सक्न बाँकी रहेको छ ।

कार्कीले भने ‘कालो पत्रेको हकमा पीआईडीले क्रस पाइप राख्नु पर्ने छ । पीआईडीले क्रस पाँइप नराखेको हुनाले कालो पत्रे गर्न सकिएको छैन ।’ 
‘पीआईडीलाई कसले तह लगाउने ठेक्दार पनि उस्तै काम नगर्ने र पीआईडी पनि उस्तै मिन गएकोले काम ढिला भएको हो’ 

सडकको लागि पानीको व्यवस्थापन धेरै महत्वपूर्ण हुने भएकोले पानीको निकास दिने ठाउँ नभइकन कालो पत्रे गर्न नमिल्ने भएकोले काम रोकिएको उनले प्रष्ट पारे ।

कार्कीका अनुसार प्रधानमन्त्री कार्यालयमा बोलाएर पीआइडीलाई क्सपाईप राख्ने कामको जिम्मा दिएको छ । माघको अन्तिम सम्ममा हाम्रो तर्फबाट काम सकेर दिइन्छ । सडक डिभिजनले अन्तिममा आएर कामको जिम्मा पीआइडीलाई दिएकोले काममा ढिलाई भएको उनले स्पष्ट पारे ।

यता पीआईडीको भनाई अनुसार विभागले स्पष्ट निर्देशन दिन नसक्दा निर्माण कार्या अगाडी बढाउन नसकिरहेको निर्माण कम्पनी पीआइडीका म्यानेजर सुरज बमले बताए ।

उनले भने ‘हामीले ४० ठाउँमा क्रस पाइप राख्नुपर्छ । हामीले काम गर्नु भन्दा पहिला नै २ ठाउँमा क्रस पाइप  राखिएको छ । त्यसकारणले अरूले गरेको ठाउँमा हाम्रो कन्ट्याक्टरले काम गर्न नसकेको हो । हामीलाई दिएको भए काम छिटो र सरल हुन्थ्यो ।’ 

सडक डिभिजनले विभागले बहाना गरिरहेको उनले आरोप लगाए । सात महिनासम्म विभागले काम नगरी बसेर अन्तिममा कन्ट्रयाक्टरलाई जिम्मा लगाएर पन्छिन नमिल्ने उनले प्रष्ट पारे ।

यो करिडोर सञ्चालनमा आउनासाथ  कोटेश्वर जडीबुटी क्षेत्रको सडकको जामको सास्तीबाट मुक्ति पाउने छन् । साँखु ब्रह्मखेलबाट सुरु भई ६ लेनको कोटेश्वर–सूर्य्िवनायक खण्डको जडीबुटीमा जोडिने मनोहरा करिडोर बालकुमारी पुलसम्म पुग्दा नौ किलोमिटर लम्बाईको हुनेछ ।

३० मिटर खोलाको बहाव छाडेर किनारबाट २०÷२० मिटर दायाँ–बायाँ छाडेर सडक बनाउने योजना रहेको छ । तीमध्ये ११ मिटरमा सडक र ९ मिटरमा ग्रिनबेल्ट निर्माण गरिएको कार्कीले बताए । मनोहरा करिडोर सडकखण्ड बालकुमारीमा आएर टुंगिनेछ ।

प्रतिक्रिया दिनुहोस