लाइसेन्स बनाइदिन्छु भन्दै पैसा लिँदा पक्राउ - Aarthiknews
aarthiknews.com बुधबार, १४ फागुन २०७६   Wednesday, 26 February, 2020
 

लाइसेन्स बनाइदिन्छु भन्दै पैसा लिँदा पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २८ पुस २०७६
Sunrise
लाइसेन्स बनाइदिन्छु भन्दै पैसा लिँदा पक्राउ
LBEF

काठमाडौं । नेपाल प्रहरीले रकम लिएर सवारी अनुमतिपत्र (लाइसेन्स) बनाइदिने एकजनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले रकम लिएर लाइसेन्स बनाउने सुजुकी ड्राइभिङ स्कूल एकान्तकुनाका सवारी चालक तनहुँका ३८ वर्षीय भरत बस्नेतलाई आइतबार  एकान्तकुनाबाट पक्राउ गरेको हो । 

महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले रु पाँच हजार लिएर ट्रायल पास गराउन खोज्ने बस्नेतलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका बस्नेतले धनुषाका २६ वर्षीय अमित शाहसँग चालक अनुमतिपत्र बनाइदिने भन्दै रकम लिएका थिए ।  

पक्राउ परेका बस्नेतलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी वृत्त सातदोबाटो पठाइएको महाशाखाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस