विषेश छुटका साथमा आजदेखि जुत्ता मेला शुरु - Aarthiknews
aarthiknews.com शुक्रबार, १० माघ २०७६   Friday, 24 January, 2020
 
Bajaj_Bike

विषेश छुटका साथमा आजदेखि जुत्ता मेला शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २८ पुस २०७६
Sunrise bank
विषेश छुटका साथमा आजदेखि जुत्ता मेला शुरु
LBEF

काठमाडौं । नेपाल छाला जुत्ता उत्पादक संघको आयोजनामा काठमाण्डौको भृकुटी मण्डपको प्रर्दशनी स्थलमा सातौँ बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रर्दशनी मेला सञ्चालन हुने भएको छ । 

नेपाल छाला जुत्ता उत्पादक संघको आयोजनामा काठमाण्डौको भृकुटी मण्डपको प्रर्दशनी स्थलमा सातौँ बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रर्दशनी मेला सञ्चालन हुन गइरहेको छ । 

 मेलामा बिक्री बितरण गरीने जुत्तामा ६ महिना सम्मको वारेन्टी तथा चप्पल र  जुत्तामा १५ देखि २५ प्रतिशत सम्मको छुट दिइने आयोजकले जनाएको छ ।  गुणस्तरीय कच्चा पदार्थ तथा दक्ष जनशक्ती प्रयोग गरि उत्पादन गरीएका जेन्स, लेडीज, बच्चाका जुत्ताहरु, लगायत अल्लो तथा हेम्प द्धारा निर्मीत बस्तुहरु पनि प्रर्दशन तथा बिक्री बितरण गरिने आयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

मेलामा करीब ७० देखि ८० हजार दर्शक भित्राउने लक्ष्य आयोजकले लिएको  छ । गुणस्तरीय कच्चा पदार्थ तथा दक्ष जनशक्ती प्रयोग गरि उत्पादन गरीएका जेन्स, लेडीज, बच्चाका जुत्ताहरु, लगायत अल्लो तथा हेम्प द्धारा निर्मीत बस्तुहरु पनि प्रर्दशन तथा बिक्री बितरण गरिने आयोजकको दावी छ ।

प्रतिक्रिया दिनुहोस