५० करोड राजश्व छलीको अर्को मुद्दा - Aarthiknews
aarthiknews.com आइतबार, ०५ माघ २०७६   Sunday, 19 January, 2020
 
Bajaj_Bike

५० करोड राजश्व छलीको अर्को मुद्दा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २७ पुस २०७६
Sunrise bank
५० करोड राजश्व छलीको अर्को मुद्दा
LBEF

काठमाडौं ।  भन्सार चोरी पैठारी गरी राजश्व चुहावट गरेको आरोपमा रुपन्देहीका दुई जनाविरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरको छ ।  रुपन्देहीको सम्मरीमाइका श्रुति ट्रेडर्स सञ्चालक आशिष गुप्तासमेत दुई जनालाई भन्सार चोरी पैठारी गरी राजश्व चुहावट गरेको अभियोगमा रु ४९ करोड ६५ लाख बिगो कायम गरी आज रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले विज्ञप्ति जारी गरी जनाएको छ ।

उनीहरु विरुद्ध बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्ष कैद सजायको माग दावी गरिएको विभागले जनाएको छ ।  अभियुक्त गुप्ता र श्रुति ट्रेडर्सका मुख्य कारोवारी सन्नी गुप्ताले न्यून बिजकीकरण गर्ने, बिक्री बिलको रकम आम्दानीमा नदेखाउने विभागले दायर गरेको मुद्दामा उल्लेख गरेको छ । 

कम्पनीले तिर्नु नपर्ने खरीदको लागत देखाउने र मालवस्तु विनाबिल र विजक बिक्री गर्ने गरेको अनुसन्धानमा खुलेको छ । यस्तै मौज्दात खातामा मालवस्तु देखिने तर गोदाममा मालवस्तु नदेखिएको समेत विभागले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस