वित्तीय विवरणबाट कसरी मुल्यांकन गर्ने कम्पनीको अवस्था ? - Aarthiknews
aarthiknews.com शुक्रबार, २८ चैत्र २०७६   Friday, 10 April, 2020
 
Tansen_cement
Janahit Suchana

वित्तीय विवरणबाट कसरी मुल्यांकन गर्ने कम्पनीको अवस्था ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २६ पुस २०७६
Sunrise
वित्तीय विवरणबाट कसरी मुल्यांकन गर्ने कम्पनीको अवस्था ?
LBEF

काठमाडौं । हाम्रो शेयर बजारमा बैंक तथा वित्तीय संस्थाको बाहुल्यता रहेको छ । बैंक तथा वित्तीय संस्था लगायतकाको पहिलो त्रैमासको वित्तीय विवरणहरु धमाधम प्रकाशित हुने समय आइरहेको छ ।

वित्तीय विवरण अध्ययन गर्न जानिएन भने संस्थाहरुको अवस्थाको राम्ररी  जानकारी हुदैन् । बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण प्रस्तुती शैली एकै किसिमको हुने भएकोले एउटा कम्पनीको वित्तीय विवरण पढ्न सकेमा समग्र क्षेत्रको वित्तीय विवरण बुझ्न गाह्रो हुदैन् ।

वित्तीय विवरणमा सबैभन्दा धेरैले बुझ्ने र महत्वपुर्ण पनि रहेका केही विवरण हरुमा खुद नाफारनोक्सान, खुद व्याज आम्दानी, सञ्चालन नाफा नोक्सान, प्रोभिजनिङ, राइट ब्याक, निक्षेप संकलन तथा कर्जा लगानी, चुक्ता पुँजी, सञ्चित तथा जगेडाहरु, खराब कर्जा हुन् । त्यस्तै, प्रतिशेयर आम्दानी, मुल्य आम्दानी अनुपात, प्रतिशेयर नेटवर्थ, शेयरमा प्रतिफल, तरलता अनुपात, पुँजी कोष अनुपात जस्ता वित्तीय सुचकहरु पनि महत्वपुर्ण हुन्छ ।

तीन/तीन महिनामा प्रकाशित हुने नयाँ वित्तीय विवरणको तुलना अघिल्लो वर्षको सोही अवधिको विवरणसँग गर्ने चलन छ । खुद नाफारनोक्सान, खुद व्याज आम्दानी, सञ्चालन नाफा नोक्सान, निक्षेप संकलन तथा कर्जा लगानी, सञ्चिती तथा जगेडा, प्रतिशेयर आम्दानी, प्रतिशेयर नेटवर्थ, शेयरमा प्रतिफल वृद्धि भएमा राम्रो मानिन्छ । प्रोभिजनिङ, खराब कर्जा घटेमा राम्रो हुन्छ ।

बैंक तथा वित्तीय संस्थाको विवरणमा उत्पादन मुलक समुह लगायतको भन्दा फरक हुन्छ । माथीका विवरणहरुमा अझै धेरै कुरा हुन्छन् अध्ययन गर्न र यी सबै महत्व पुर्ण पनि हुन्छन् ।

व्याज दरको जोखिम
बैंकको प्राथमिक काम भनेकै स्प्रेड दर व्यवस्थापन गर्नु हो । यसलाई बैंकको निक्षेपको आधारमा कर्जा, दायित्व र सम्पत्तीको व्यवस्थापन पनि भनिन्छ । सामन्यतया बैंकको कर्जा लगानीबाट हुने व्याज आम्दानीको तुलनामा निक्षेपमा तिर्नुपर्ने व्याज कम भएमा खुद व्याज आम्दानी हुन्छ । यी दुई व्याज दरबीचको अन्तर नै स्प्रेड दर हो र यसले नै नाफामा मुख्य भुमिका खेल्छ । हाल नेपालमा भने राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई स्प्रेड दर ५ प्रतिशत भित्र राख्न निर्देशन दिएको छ ।

बैंकहरुको निक्षेप र कर्जाको व्याज दर निर्धारणमा संस्थामा हुने तरलताले पनि प्रभाव पार्छ । सञ्चालनको लागि आवश्यकभन्दा बढि पुँजी भएमा तरलता वृद्धि हुन जान्छ र निक्षेपको व्याज दर घट्न सक्छ । कर्जा लगानी हुन नसकेको कारण तरलता बढेको अवस्थामा भने कर्जाको व्याज दर पनि घट्न सक्छ । यता तरलताको कमी हुँदा निक्षेपको व्याज दर बढ्न थाल्छ । यसबाट हुने जोखिम पनि जोखिम पनि ख्याल गर्नुपर्छ । कर्जाको तुलनामा निक्षेपको अवधि छोटो हुने गर्छ र कर्जाको तुलनामा यसमा बजारी प्रभावको छिटोछिटो समायोजन गर्नु पर्ने हुन्छ । परिपक्व अवधि फरक हुँने गरेकोले नै यसको लाभ वित्तीय संस्थाले पाउँछन् ।

कर्जाको जोखिम
कर्जा जोखिम मुख्य गरेर ऋणीको भुक्तानी क्षमताले निम्त्याउँछ । कर्जाको जोखिमको व्यवस्थापन गर्न यसको वर्गिकरण गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ । यसमा भुकम्पको कारण समस्यामा परेको कर्जामा भने सहुलियत दिइएको छ ।

कतिपय कर्जाको सावा र व्याज वा दुवै भुक्तान हुन नसक्ने अवस्था हुन्छ । यस्तो अवस्थामा पनि यो जोखिम व्यवस्थापन गर्न संस्थाहरुसंग पर्याप्त पुँजी हुनुपर्छ । कर्जामा समस्या देखिदा राष्ट्र बैंकको वर्गिकरण अनुसार प्रोभिजनङि गर्नुपर्छ । यसलाई वित्तीय विवरणको प्रोभिजन शिर्षकमा राखिएको हुन्छ । शतप्रतिशत प्रोभिजनिङ गरिने खराब कर्जालाई भने वित्तीय विवरणमा कुल कर्जासंग तुलना गरिएको हुन्छ । यसलाई पनि ध्यान दिनुपर्छ ।

सञ्चालन नाफारनोक्सान स् नियमित सञ्चालनबाट हुने नाफा वा नोक्सान नै सञ्चालन नाफा वा नोक्सान हो । यसमा राइट ब्याक, कर वा अन्य आम्दानीको समायोजन गरिएको हुदैन् । खुद व्याज आम्दानी, फि कमिशनलगायतबाट हुने आम्दानी, बैदेशिक विनिमयको कारोबारबाट हुने आम्दानी र कर्मचारीको पारिश्रमिक खर्च ९कर्मचारी बोनस बाहेक० र अन्य सञ्चालन खर्च लगायत भने समायोजन गरिएको हुन्छ ।

राइट ब्याक स् कर्जा असुरमा समस्या देखिदा त्यसवापत प्राभिजनिङ गरिएको हुन्छ । तर कर्जा असुल हुन थालेमा त्यस्तो प्राभिजनिङ वापतको रकम फिर्ता ल्याउने गरिन्छ , जसलाई राइट ब्इाक गरिएको मानिन्छ । यो नियमित सञ्चालनबाट भएको आम्दानीभन्दा पुरानो बिग्रिएको कर्जा असुलीको क्रममा उठेको रकम भएकोले यस्तो आम्दानी सधै भइनरहन सक्छ । त्यसैले लगानीकर्ताले नियमित आम्दानीको वृद्धिलाई बढि महतव दिनुपर्छ ।

सञ्चिती तथा जगेडा स् सञ्चिती तथा जगेडा कोषमा बिभिन्न तहको पुँजी राख्नु पर्ने राष्ट्र बैंकको प्रावधान छ । त्यस्तै, हरेक वर्ष हुने नाफाको २० प्रतिशत रकम पनि यो कोषमा राख्नै पर्ने व्यवस्था छ । यो रकम घटाएपछि बाँकी रहेको रकम चुक्तापुँजीको आधारमा कति प्रतिशत हुन्छ , त्यही नै लाभांशको आधार हुने गर्छ । उत्पादन मुलक कम्पनीहरुमा यो कोषमा रकम अधिक हुनु भनेको संस्थाले लाभांशलाई प्राथमिकता दिइरहेको छैन् र केही नयाँ काम गर्ने सोच रहेको हुनसक्छ भन्ने अनुमान पनि गर्न सकिन्छ । राष्ट्र बैंकको निर्देशनभन्दा बढि रकम यो शिर्षकमा रहेमा पनि बर्षको नाफाबाट प्रस्ताव गर्न सकिने लाभांशमा वृद्धि गर्न सकिने अवस्था बन्दछ ।

प्रतिशेयर आम्दानी स् प्रतिशेयर आम्दानी निकाल्ने पनि शुत्र हुन्छ । बार्षिक आम्दानी ९हिसाब गर्न लिइने नयाँ त्रैमाशको नाफा र अघिल्लो वर्षअन्त्यको नाफामा अघिल्लो त्रैमाशको नाफा घटाएर आउने पिरणाम० लाई कायम शेयर संख्याले भाग गरेर निकालिन्छ । यसरी निकालिएको प्रतिशेयर आम्दानी तीन महिनासम्म उपयुक्त हुन्छ । यसलाई बार्षिकिकरण गर्ने हो भने फरक शुत्र प्रयोग गर्नुपर्छ ।

मुल्य आम्दानी अनुपात स्  पछिल्लो शेयर मुल्यलाई प्रतिशेयर आम्दानीले भाग गरेर निकालिन्छ । यो अनुपात १८ देखि २५ को हाराहारीमा भए राम्रो मानिन्छ । यो अनुपातले संस्थाले कमाएको १ रुपैयाँलाई लगानीकर्ताले कति रुपैयाँ हालिरहेका छन् भन्ने देखाउँछ । हरेक तीन महिनाको प्रतिशेयर आम्दानी लिने गरिएमा कम्पनीको वित्तीय विवरण नआएको समयमा पनि मुल्य आम्द्यानी अनुपात निकाल्न सकिने अवस्था हुन्छ ।

प्रतिशेयर नेटवर्थ 
प्रतिशेयर आम्दानी निकाल्ने पनि शुत्र हुन्छ । बार्षिक आम्दानी ९हिसाब गर्न लिइने नयाँ त्रैमाशको नाफा र अघिल्लो वर्षअन्त्यको नाफामा अघिल्लो त्रैमाशको नाफा घटाएर आउने पिरणाम० लाई कायम शेयर संख्याले भाग गरेर निकालिन्छ । शेयरमा प्रतिफल स् एक कित्ता शेयरमा कति प्रतिफल भयो भन्ने यसले देखाउँछ ।

तरलता अनुपात स् बैंक तथा वित्तीय संस्थामा यो अनुपात कम्तिमा २० प्रतिशत हुनैपर्छ । यो दरभन्दा बढि भएमा भने नियमनको आधारमा फरक पर्दैन् । तर लगानीकर्ताले भने बुझ्नु पर्छ संस्थाले पुँजीको सदुपयोग गर्न सकेको छैन् र थप लगानीको लागि पुँजी उपलब्ध छ ।

पुँजी कोष पर्याप्तता अनुपात स् हाल यो अनुपात ११ प्रतिशत हुनुपर्ने व्यवस्था छ । यो भन्दा कम भएमा संस्थाहरुले लाभांश दिन पाउँदैनन । बासेल थ्री लागु भएपछि भने यो अनुपातमा वृद्धि हुने सम्भावना रहेको छ ।

नन् बैंकिङ एसेट सावा र व्याज तिर्ने भाका नाघेका र असुल हुन नसकेको ऋण नै गैर बैंकिङ सम्पत्ती हो । यस्तो ऋण धितोको रुपमा ग्राहकले राखेको सम्पीको बिक्रीबाट परिपुती गरिन्छ । कतिपय बैंकले यस्तो भाका नाघेर उठाउन नसकेको ऋण अर्को बैंकमा ग्राहकलाई स्वाप गर्न सक्ने सुविधा दिएर पनि आफ्नो संस्थाबाट यस्तो सम्पत्ती घटाउने गरेको पाइन्छ । नयाँ संस्थामा सार्दा त्यो कर्जा नयाँ कर्जाको रुपमा व्यवहार हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस