'सरकार नयाँ शहर निर्माणमा लागेको छ' - Aarthiknews
aarthiknews.com शुक्रबार, १० माघ २०७६   Friday, 24 January, 2020
 
Bajaj_Bike

'सरकार नयाँ शहर निर्माणमा लागेको छ'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २६ पुस २०७६
Sunrise bank
'सरकार नयाँ शहर निर्माणमा लागेको छ'
File:Photo
LBEF

काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सरकार नयाँ शहर निर्माणमा लागेको बताएका छन । शनिबार म्हैपी संरक्षण तथा व्यवस्थापन समितिले १७औँ वार्षिक साधारणसभाका अवसरमा उनले उपत्यका नजिकका क्षेत्रमा नयाँ शहर निर्माणमा सरकार लागेको बताएका हुन  । उनले भने, “उपत्यकाभित्र हैन, उपत्यकाबाहिर नयाँ शहर निर्माणका लागि डिपिआर बनाउने काम भइरहेको छ। 

राज्यमन्त्री मानन्धरले उपत्यकाभित्रको वाग्मती, धोबीखोला करिडोरलाई व्यवस्थित बनाउन सरकार लागिरहेको उल्लेख गरे  । वाग्मती व्यवस्थापन गर्न नसकिए काठमाडौँ व्यवस्थित हुन नसक्ने उनको भनाइ थियो ।

सरकारले धेरै ऐन कानून निर्माण गर्नुपर्ने भएकाले विकास निर्माणका काम सोचेजस्तो अगाडि बढाउन नसकेको समेत स्वीकार गरे । ऐतिहासिक र सांस्कृतिक महत्वको धनी उपत्यकामा नेपाल भ्रमण वर्षमा जतिसक्दो धेरै पर्यटक भित्र्याउन लाग्नुपर्ने उनको भनाइ थियो । 

प्रतिक्रिया दिनुहोस