काठमाडौंमा २ दिन खिचरी महोत्सव हुने - Aarthiknews
aarthiknews.com शुक्रबार, १० माघ २०७६   Friday, 24 January, 2020
 
Bajaj_Bike

काठमाडौंमा २ दिन खिचरी महोत्सव हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २६ पुस २०७६
Sunrise bank
काठमाडौंमा २ दिन खिचरी महोत्सव हुने
LBEF

काठमाडौं । काठमाडौंमा रहेका थारुले  माघि खिचरी महोत्सव आयोजना गर्ने भएका छन् । थारु कल्याणकारिणी सभा काठमाडौंको आयोजनामा संचालन हुने माघी महोत्सव  दुई दिन संचालन हुने आयोजकले बताएका छन् ।

महोत्सवमा पुर्व, मध्य र पश्चिमी थारुको भेषभुषा, खानाका परिकार, पुस्तक, गहना, नृत्य लगायतका कुराहरु प्रस्तुत गरिने आयोजकले बताएकोछ । महोत्सवमा झन्डै ५० हजार मान्छे सहभागी हुने आयोजकले दावी गरेको छ । टुँडिखेलमा आयोजना हुने कार्यक्रम निशुल्क हेर्न सकिने आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस