aarthiknews.com विहीबार, ०९ बैशाख २०७८   Thursday, 22 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

चिनियाँ रेल संचालन गर्न नेपालीलाई तालिम

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • शनिबार, २६ पुस २०७६
Reliance life insurance
चिनियाँ रेल संचालन गर्न नेपालीलाई तालिम
Jagadamba
LBEF

बेइजिङ । नेपाल–चीनबीच रेल संचालनका लागि दक्ष जनशक्ति विकास गर्ने सम्बन्धमा चीनको प्राचिन राजधानी शहर सिआनमा सम्झौता भएको छ । सम्झौता अनुसार, यो बर्ष दशजना नेपाली विद्यार्थीलाई रेल संचालनसम्बन्धी प्राविधिक ज्ञान तथा सीप विकास तालिम दिइने छ ।

चीनको सिआन सहरमा शुक्रबार सिआन रेल्वे कलेज र बुटवल उपमहानगरपालिकाबीच यस्तो सम्झौता भएको हो । बुटवल उपमहानगरपालिकाकी उपमेयर गोमा देवी आचार्य र सिआन सेल्वे कलेजका तर्फबाट उप डीन चाओ लिउचेले सम्झौतामा हस्ताक्षर गरे ।

सम्झौतासँगै बहुप्रतिक्षित केरुङ–काठमाडौं रेलमार्गको निर्माण अझै सुनिश्चित हुने देखिन्छ । सिआन रेल्वे कलेजबाट उत्पादित दक्ष जनशक्तिले चीनको रेल संचालनमा ६० प्रतिशत हिस्सा ओगटेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस