
युनाइटेड मोदी हाइड्रोपावर कम्पनी लिमिटेड (United Modi Hydropower Ltd.) ले तेस्रो त्रैमासमा खुद मुनाफा ५ करोड ८५ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको सोहि अवधिको तुलनाभन्दा ३ दशमलव ६९ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा ५ करोड ६४ लाख रुपैयाँ कमाएको थियो ।
१ अर्ब १५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको युनाइटेड मोदीले जगेडाकोषमा ७ करोड २२ लाख रुपैयाँ छुटाएको छ ।
कम्पनीको लगानी २ करोड ४० लाख रुपैयाँ गरेको छ । ग्रस नाफा १ दशमलव ३७ प्रतिशतले बढेर २२ करोड १८ लाख रुपैयाँ आर्जन गरेको छ ।
युनाइटेड मोदीको प्रतिशेयर आम्दानी ५ दशमलव ०९ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १ सय ६ दशमलव २९ रुपैयाँ र तरलता अनुपात ३ दशमलव ७४ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस