बोर्ड अध्यक्षको प्रस्ताव मन्त्रिपरिषदमा लैजादै, भोलि बोर्डले नयाँ नेतृत्व पाउने सम्भावना - Aarthiknews
aarthiknews.com शुक्रबार, १० माघ २०७६   Friday, 24 January, 2020
 
Bajaj_Bike

बोर्ड अध्यक्षको प्रस्ताव मन्त्रिपरिषदमा लैजादै, भोलि बोर्डले नयाँ नेतृत्व पाउने सम्भावना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २० पुस २०७६
Sunrise bank
बोर्ड अध्यक्षको प्रस्ताव मन्त्रिपरिषदमा लैजादै, भोलि बोर्डले नयाँ नेतृत्व पाउने सम्भावना
LBEF

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले धितोपत्र बोर्डको अध्यक्ष चयन गर्ने प्रस्ताव मन्त्रीपरिषदमा लैजाने भएका छन् । सम्भवत भोलि (सोमबार) बस्ने मन्त्रिपरिषदको बोर्ड बैठकले बोर्डको नयाँ अध्यक्ष चयन गर्ने सम्भावना रहेको अर्थमन्त्रालय स्रोतले बताएको छ ।

अर्थमन्त्रालयद्धारा गठित छनोट समितिले गत सोमबार नै तीन जनाको नाम सिफारिस गरेको थियो । मन्त्रिपरिषले उक्त सिफारिस गरेका तीन नाम मध्ये एक जनालाई बोर्डको अध्यक्ष नियुक्ति गर्ने व्यवस्था छ । समितिले भीष्मराज ढुंगाना, निरज गिरी र डा.केशव श्रेष्ठको नाम सिफारिस गरेको छ । तीमध्ये राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक ढुङ्गाना अध्यक्षको दौडमा अगाडि रहेको अर्थमन्त्रालय स्रोतको भनाइ छ । 

उनलाई अध्यक्ष बनाउनका लागि नै यसअघि नै बोर्डको विज्ञ सदस्यमा लगिएको बुझिएको छ । उनी राष्ट्रपति विद्यादेवी भण्डारी नजिक मानिएकाले पनि बोर्डको अध्यक्ष हुने निश्चित जस्तै देखिएको अर्थमन्त्रालय स्रोतको भनाइ छ ।

बोर्डको अध्यक्षका लागि अर्थमन्त्रालयले कात्तिक २० गते राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गरेको थियो । उक्त समितिले सोमबार सर्टलिष्टमा परेका पाँच जनाको अन्तरवार्तापछि तीन जनाको नाम सिफारिस गरेको हो ।

बोर्ड स्रोतका अनुसार अन्तरवार्ताका लागि सिताराम थपलिया उपस्थिति नभएपछि चार जनाको मात्र नाम अन्तरवार्तामा सहभागी भएका थिए । तीन जनाको नाम पठाउने क्रममा बोर्डका निरज गिरी, विज्ञ सदस्य भिष्म ढुङगाना र डा. केशव प्रसाद श्रेष्ठको नाम पठाएकोे थियो । आवेदकहरुको व्यक्तिगत विवरण, कार्यानुभवको र कार्यपत्र प्रस्तुतीको आधारमा उत्कृष्ट तीन जनाको नाम सिफारिस गरेको थियो ।

बोर्डको अध्यक्ष पदका लागि अर्थ मन्त्रालयले गत मंसिर ६ गते सार्वजनिक सूचना मार्फत आवेदन माग गरेको थियो । अध्यक्षको लागि भीष्मराज ढुंगाना, निरज गिरी , केशव श्रेष्ठ, सिताराम थपलिया, नवराज अधिकारी, नरेन्द्र सिजापति , निल सारु मगर र डा. बलराम पाठकले उमेदवारी दिएका थिए ।

छनोट समितिले पहिलो चरणमा पाँच जनाको नाम सर्टलिष्ट गरेको थियो । जसमा , भीष्मराज ढुंगाना, निरज गिरी, डा.केशव श्रेष्ठ, सिताराम थपलिया र नवराज अधिकारीको नाम परेको थियो । 

शेयर बजारको नियमन गनै निकाय बोर्ड ८० दिनदेखि नेतृत्वबिहिन छ। बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीको कार्यकाल असोज मसान्तमा सकिएपछि उक्त पदमा नयाँ व्यक्ति नियुक्ती हुन सकेको छैन् । नयाँ अध्यक्षको कार्यकाल ४ वर्षको हुने छ ।  अध्यक्ष नभएका कारण बोर्डकै वरिष्ठतम रहेका परिष्ठनाथ पौड्याललाई दैनिक कार्यसञ्चालनको जिम्मेवारी दिइएको छ ।

यता राष्ट बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले पनि आफ्नो स्पष्टिकरण अर्थमन्त्रालयमा बुझाइसकेका छन् । उनले बुझाएको स्पष्टिकरण पनि भोली बस्ने मन्त्रिपरिषदको बैठकमा पेश गरिने तयारी भइरहेको छ । उनी माथि लागेको आरोपका सम्बन्धमा पनि भोली नै मन्त्रिपरिषदमा छलफल हुने भएको छ । सम्भवत भोली नै श्रेष्ठमाथि लागेको आरोपका बिषमा पनि मन्त्रीपरिषद एउटा निष्कर्षमा पुग्ने बताइएको छ ।
 

प्रतिक्रिया दिनुहोस