हिँडे सगरमाथाको उचाइ नाप्ने टोली - Aarthiknews
aarthiknews.com आइतबार, २९ मंसिर २०७६   Sunday, 15 December, 2019
 
Bajaj_Bike
हिँडे सगरमाथाको उचाइ नाप्ने टोली

हिँडे सगरमाथाको उचाइ नाप्ने टोली

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २७ चैत्र २०७५
Sunrise bank
हिँडे सगरमाथाको उचाइ नाप्ने टोली
LBEF
NCH-IPS

काठमाडौं, चैत २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पले सगरमाथाको उचाइ घटेको भन्ने भनाइ आफूलाई परपर्दो नलागेको बताएका छन् । सगरमाथाको उचाई मापन गर्न जान लागेका सरकारी टोलीलाई बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बिदाइ गर्दै प्रधानमन्त्री ओलीले सगरमाथाको उचाइ घटेको भन्ने कुरा आफूलाई पत्यार नलागेको बताएका हुन् ।

ओलीले एक सेन्टिमिटर पनि फरक नपर्ने गरी सगरमाथाको उचाइ मापन गर्न सरकारी टोलीलाई निर्देशन दिए । चीनले गरेको पछिल्लो अध्ययन प्रतिवेदनमा सगरमाथाको उचाइ घटेर ८ हजार ८ सय ४४ मिटर पुगेको भन्ने तथ्य बाहिर आएको थियो । त्यसलाई भरपर्दो मान्न नसकिने प्रधानमन्त्री ओलीको भनाइ छ ।

सगरमाथाको उचाई नाप्न नेपालले पहिलो पटकसरकारी कर्मचारीलाई त्यसतर्फ पठाएको हो । प्रधानमन्त्री ओलीले मौसम र स्वास्थ्यको अनुकूलता हेरेर मात्रै सगरमाथाको उचाई नाप्ने काममा अघि बढन पनि सरकारी कर्मचारीहरुलाई सचेत गराएका थिए । उनले आरोहण दलमा गएका गाईंडहरुको निर्देशनमा मात्रै सगरमाथाको उचाई मापन गर्ने काममा अघि बढन पनि सरकारी टोलीलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले आफ्नै कर्मचारीहरुलाई दक्ष बनाएर सगरमाथाको तथ्यपरक उचाई मापन गर्न पठाउन लागिएको जानकारी गराइन् । उनले सावधानीपूर्वक सो जिम्मेवारी पूरा गर्न पनि सरकारी टोलीलाई शुभकामना दिइन् ।

सरकारको उचाई मापन टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रविन कार्की, सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल रहेका छन् । त्यसैगरीे गाईड टोलीमा छिरिङ जाङबु शेर्पा र पेमाङिमा शेर्पा रहेका छन् । उनीहरु सबै जनाले सगरमाथाको आरोहणका लागि आवश्यक सबै तालिम लिएको पनि मन्त्री अर्यालले जानकारी दिइन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाईको पहिलो पटक मापन सन् १८ सय ४९ मा भारतले गरेको थियो । त्यसपछि सन् १९५४ र सन् २००५ मा सगरमाथाको उचाई मापन गरिए पनि नेपालले भने पहिलो पटक त्यसको उचाई मापनका लागि सरकारी टोलीलाई पठाएको हो । विक्रय संवत २०७२ सालमा गएको विनाशकारी भूकम्पले सगरमाथाको उचाइ घटाएको विभिन्न अडकालबाजी भइरहेका बेला सरकारले त्यसको तथ्यबोध गराउन मापनका लागि आफ्नै कर्मचारी परिचालन गरेको हो ।

प्रतिक्रिया दिनुहोस