काठमाडौं, वैशाख २५ । सिद्धकाली पावर लिमिटेडले प्रवद्र्धन गरेको त्रिशूली–गल्छी जलविद्युत् परियोजना निर्माणको लागि चिनियाँ कम्पनी सीडब्लूटीडब्लूसँग ईपीसीएफ मोडेलमा निर्माण कार्य गर्ने गराउने सम्झौता भएको छ ।
सम्झौतानुसार चिनियाँ कम्पनीले परियोजनाको कुल लागतको ९० प्रतिशत काम उधारोमा सम्पन्न गर्ने र परियोजना निर्माण भई सञ्चालनमा आएको दुई वर्षभित्र किस्तावन्दीमा भुक्तानी गर्नुपर्ने शर्तमा रही काम गर्नेेछ । साथै आयोजनाको बिस्तृत डिजाइनको काम सम्पन्न गरी अविलम्ब निर्माण शुरु गर्ने सहमति भएको छ । यो आयोजना ३० महिनामा निर्माण सम्पन्न हुनेछ । उक्त चिनियाँ कम्पनीले यही मोडेलमा अन्य जलविद्युत् परियोजनाहरुको समेत निर्माण गरिरहेको छ । रसुवा जिल्लामा निर्माणाधीन लाङटाङ र फलांखुखोला आयोजना यहि विधिबाट निर्माण भईरहेका छन ।
शुरुमा ७५ मेगावाट क्षमता रहेको यस आयोजनामा टेनल हटाई अव यो आयोजनामा बाँधको तल विद्युत् गृह बनाई यो आयोजना ३० मेगावाट क्षमतामा निर्माण गरिनेछ । यस आयोजनाबाट उत्पादन भएको विद्युतशक्ति मस्र्यादी काठमाडौं १३२ केभी ट्रान्समिसनर्लानमा जोडी राष्ट्रिय ग्रीडमा आपूर्ति गरिनेछ । आयोजनाको निर्माण अघि बढेपछि सर्वसाधारण लगानीकर्ताहरुको लागि शेयर निष्काशन गरिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस