शीर्षकहरू

नेपाल एसबिआई बैंक बैंक एनपीएस नेशनल कार्डमा आवद्ध

नेपाल एसबिआई बैंक बैंक एनपीएस नेशनल कार्डमा आवद्ध

काठमाडौं । नेपाल एसबिआई बैंक र एनसीएचएल बीच एनपीएस नेशनल कार्ड तथा नेपाल पे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख संचालन अधिकृत विकास आनन्द तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका थिए ।  

एनसीएचएलले ५४ भन्दा बढि बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पीएसओ र पीएसपी, र १०० भन्दा बढि गैर–बैंकिङ्ग सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ । एनपीएस एनसीएस र नेपाल पे कार्डको कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई  थप उचाँईमा पु¥याउने अपेक्षा कम्पनीले गरिएको छ ।